4 weeks ago
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको युवा टोलीबाट चीनको युनानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने क्रममा चोट बोक्न पुगेका मिडफिल्डर आशिष राईको देब्रे खुट्टाको शल्यक्रिया भएको छ ।
चीनियाँ नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा भएको खेलमा विपक्षी खेलाडीको ट्याकलमा आशिषको देब्रे खुट्टा भाँचिएको थियो ।
गम्भीर रुपमा चोट ग्रस्त उनको खुट्टाको आइतवार शल्यक्रिया गरिएको हो । ललितपुरको बि एण्ड बि अस्पतालमा वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर अमित जोशीको टिमले उनको शल्यक्रिया गरेको हो ।
डाक्टर जोशीले आशिषको शल्यक्रिया सफलतापूर्वक भएको जानकारी हाम्रो खेलकुदलाई दिए । ‘आज शल्यक्रिया सफलतापूर्वक भएको छ । वहाँको देब्रे खुट्टाको हड्डी भाँचिएको थियो र त्यसमा रड हालिएको छ । हाल अवस्था सुधार भइरहेको अवस्था रहेपनि कम्पार्टमेन्ट सिन्ड्रोम हुन सक्ने हुनाले क्लोज मोनिटरिङमा राखिएको छ,’ डाक्टर जोशीले भने।
पछिल्लो समय नेपाल पुलिस क्लबमा आबद्द रहेका आशिषले अब केही महिना मैदानबाहिर बिताउनुपर्ने छ । पहिलो सिजन काठमाडौं र दोस्रो सिजन इलामबाट नेपाल सुपर लिग खेलेका उनले यो सिजन गुमाउनेछन् ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]