8 years ago
February 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नम्बर एक व्यवासायिक गल्फर शिवराम श्रेष्ठले लगातार चौथो उपाधि जितेका छन् । ४ अन्डर २ सय ८४ को प्रदर्शन गर्दै शिवरामले बिहीबार सूर्य नेपाल सेन्ट्रेल ओपनको उपाधि जितेका थिए । सूर्य नेपाल गल्फ टुर २०१६÷१७ अन्तर्गत आयोजित लगातार चौथो उपाधि नै शिवरामले जितेका हुन् । उनले यसअघि सूर्य नेपाल वेस्टर्न, च्यालेन्ज र इस्टर्न ओपनको उपाधि जितेका थिए ।
पार ७२ को गोकर्ण गल्फ क्लबमा बिहीबार चौथो तथा अन्तिम दिन ३ अन्डर ६९ को कार्ड बनाउँदै शिवरामले उपाधि जितेका हुन् । खेल जीवनमा यो उनको ३४ औं उपाधि हो । उपाधिसहित उनले १ लाख १० हजार रुपैयाँ प्राप्त गरेका छन् । तेस्रो दिनको समाप्तीमा शिवराम एमेच्योर गल्फर तेन्जिङ छिरिङभन्दा ९ स्ट्रोकले पछाडी थिए ।
तर, चौथो दिन तेन्जिङले खराब प्रदर्शन गरेपछि शिवरामका लागि उपाधि जित्न सहज बनेको थियो । १६ बर्षे गल्फर तेन्जिङले ७ ओभर ७९ को प्रदर्शन गरेपछि उनले दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । उनले चार दिनमा ३ अन्डर २ सय ८५ को कार्ड बनाएका थिए । यद्दपी तेन्जिङले सूर्य नेपाल गल्फ टुर अन्तर्गत एमेच्योरतर्फको उपाधि जितेका थिए । त्यो उनको खेल जीवनको पहिलो उपाधि हो ।
साविक विजेता आर्मी क्लबका सञ्जय लामा व्यवसायिक गल्फरतर्फ दोस्रो स्थानमा रहे । उनले १ अन्डर २ सय ८७ को कार्ड बनाएका थिए । सञ्जयले ७० हजार रुपैयाँ जिते । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) का रवि खड्का र गोकर्णका भुवन नगरकोटी संयुक्तरुपमा तेस्रो स्थानमा रहे । उनीहरुले १ ओभर २ सय ८९ को प्रदर्शन गर्दै समान ४५ हजार रुपैयाँ प्राप्त गरे । अन्तिम दिन इभन पार ७२ को प्रदर्शन गरेका जयराम श्रेष्ठ (२९३) ले पाँचौं स्थानमा रहे र उनले ३५ हजार रुपैयाँ पाए ।
आर्मीका धनबहादुर थापा छैटौं स्थानमा रहे । अन्तिम दिन ४ ओभर ७६ को प्रदर्शन गरेका उनले समग्रमा २ सय ९६ को कार्ड बनाए । दीपक मगर र दीपक आयार्च संयुक्त रुपमा सातौं स्थानमा रहे । उनीहरुले १० अन्डर २ सय ९८ को कार्ड बनाएका थिए । एमेच्योरतर्फ टंकबहादुर कार्की दास्रोमा रहे । उनले १० ओभर २ सय ९८ को प्रर्दशन गरेका थिए । बलभद्र राई नवौं र रामे मगर दसौं स्थानमा रहे ।
९ स्ट्रोक्सले पछि रहेको अवस्थाबाट अन्तिम दिनको खेल सुरुआत गरेका शिवरामले फ्रन्ट नाइमा ४ अन्डर ३२ को प्रदर्शन गरे । तेन्जिङले ३ ओभरमा ३९ को कार्ड बनाए । ब्याक नाइनको १५ होलमा पुग्दा ३ अन्डरको प्रदर्शन गर्दै शिवरामले तेन्जिङसँग बराबरी गरेका थिए । तेन्जिङले भने तेहेरो बुगी खेपे ।
१७ औं होल मा पुग्दा शिवरामले पहिलो पटक प्रतियोगितामा अग्रता बनाए । उनले १७ होलमा बर्डि गर्दै अग्रता बनाए । अन्तिम तथा १८ होलमा इभन पार खेल्दै उनले उपाधि आफ्नो नाममा लेखाए ।
उपाधिका साथ शिवराम श्रेष्ठ र तेन्जिङ छिरिङ (दायाँ)।
‘आफ्नो प्रदर्शन स्वभाविक रहेको उल्लेख गर्दै तेन्जिङले खराब खेलेका कारण उपाधि जित्न सफल भए’उपाधि जितेपछि शिवरामले भने, ‘सिजनका सबै उपाधि जित्ने लक्ष्य छ । तर हेरौ आउने प्रतियोगितामा कस्तो प्रदर्शन हुन्छ ।’ तेन्जिङले अन्तिम दिन दबाबमा परेको बताए । ‘तीन दिन राम्रो भयो । अन्तिम दिन राम्रो गर्न सकिन’उनले भने, ‘शिवरामको प्रदर्शन राम्रो भयो । यद्दपी म प्रदर्शनबाट खुसी छु ।’
नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजना तथा सूर्य नेपाल प्रालीको प्रायोजन रहेको प्रतियोगितामा ३३ व्यवसायिक र १५ एमेच्योर गरि ४८ खेलाडीको सहभागिता थियो । कुल ६ लाख रुपैयाँ पुरस्कार राशीको प्रतियोगिताका विजेतालाई सूर्य नेपाल प्रालीका सेल्स एन्ड मार्केटिङका उपाध्यक्ष दिप्रा लेहरी, सूर्य नेपालका मार्केटिङ मेनेजर बालकिसन गुरुङ, एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका सल्लाहकार घनश्याम थापाले पुरस्कृत गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]