1 month ago
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्।
‘वार्ता, छलफल तथा सम्वादबाट समस्या समाधान गर्ने वा कानूनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै मिति २०८१ माघ २५ गते अपरान्ह अन्दाजी १२:३८ बजे राष्ट्रिय खेलकुद परिषद, सदस्य सचिवको कार्यकक्षमा केहि अराजक व्यक्तिहरु प्रवेश गरि अभद्र व्यवहार तथा गाली गलौज गर्दै राज्यको सम्पत्ति तोडफोड गरेको घटनाको सन्दर्भमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।
यसरी नेपाली खेलकदको सर्वोच्च निकायमा भएको अराजक गतिविधिको राष्ट्रिय खेल संघहरू घोर भर्त्सना गर्दछौं। साथै उक्त घटनाको छानविन गरी दोषी उपर कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरु मा अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
सर्वोच्च र उच्च अदालतको आदेश अवज्ञा, नेपालको विद्यमान प्रचलित खेलकुद सम्बन्धि ऐन २०७७र नियमावली २०७९ समेतको बर्खिलाप हुने गरि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले निर्वाचन गरेको पनि संघहरुले आरोप लगाएका छन्।
पुस १३ गते एनओसीको निर्वाचन पछि नेपाली खेलकुदमा नयाँ द्वन्द्व सुरु भएको छ। त्यसैको निरन्तरताका रुपमा एनओसीको निर्वाचनमा भाग लिएको नेपाल उसु महासंघका प्रदाधिकारीसम्मिलित समूहले राखेप सदस्य सचिव टंकलाल घिसिङमाथि दुर्व्यवहार गर्नुका साथै उनको कार्यकक्ष तोडफोड गरेको थियो ।
महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पा छिरिङ लामा घटनास्थलमा उपस्थिति थिए । लामा गत महिना भएको एनओसीको कार्यसमितिको सदस्यमा निर्विरोध निर्वाचित भएका थिए।
राखेपले बिहीवार पत्रकार सम्मेलन गर्दै उसु महासंघबाट लामाले झुटो विवरण पेस गरेर एनओसीको निर्वाचनमा सहभागी भएको जनाएको थियो।
लामासहित सहित पौडी संघबाट अशोकरत्न वज्राचार्य, कुस्ती संघबाट समिम मियाँ अन्सारी, कबड्डी संघबाट तुलसा थापा र ह्यान्डबल संघबाट तेजबहादुर गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र १६ अनुरुप कार्बाही प्रक्रिया अगाडि बढाइने राखेपले जनाएको थियो ।
राखेपले उनीहरुलाई तीन दिनभित्र सफाई पेस गर्न भनेको एक दिनपछि नै लामासहितका टोली सदस्यसचिवको कार्यकक्ष पुगेको थियो।
राखेपले उक्त घटनामा संलग्नविरुद्ध कालीमाटी प्रहरी वृत्तमा उजुरी दिइसकेको जनाएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल ओलम्पियन एसोसिएसनले पनि घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ।
एनओसी निर्वाचनमा भाग लिएका कतिपय संघले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]