1 month ago
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ ।
संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे ।
संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए ।
अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा हुने एसिया ट्राइयाथलन कपलाई सफलतापूर्वक आयोजना गर्न
केन्द्रिय कार्य समितिलाई एकजुट लाग्नु पर्नेमा जोड दिए ।
यसै वर्ष आयोजना हुने १० औं राष्ट्रिय खेलकुदको तयारी र प्रदेश संघको गठनलाई तिव्रता दिइने बताए ।
संघका संस्थापक अध्यक्ष तथा मानार्थ अध्यक्ष गणेशमान पुनले संघले आयोजना गर्ने कार्यक्रमको सफलताका कामना गर्दै आफ्नो तर्फबाट हुन सक्ने सहयोग गर्ने तयार रहेको बताए ।
संघका उपाध्यक्ष पूर्व प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले संघलाई मजबुत बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताए ।
महासचिव युवराज सुनुवारको प्रतिवेदन र कोषाध्यक्ष निरज श्रेष्ठले संघले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनलाई साधारण सभाले अनुमोदन गरेको थियो।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]