default_image

1 month ago

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

1067 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ ।

डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा ५ विकेट गमाएर पूरा गर्यो ।

डेजर्टको जितमा म्याक्स होल्डेनले नट आउट रहँदै सर्वाधिक ७० रन जोडे । उनले ५४ बलमा ९ चौका र १ छक्का प्रहार गरे । फखर जमान १४ तथा साम करन १६ रनमा आउट भए । गल्फका लागि ब्लेसिंग मुजवानीले ३ तथा क्रिस जोर्डन र मार्क अडिरले समान १ विकेट लिए ।

त्यसअघि दुवई क्रिकेट स्टेडियममा टस हारेर गल्फले ब्याटिङ निम्तो पाएको थियो । गल्फले निधर्नरित २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रनको योगफल तयार गरेको थियो ।

गल्फका लागि टोम करनले नट आउट रहँदै सर्वाधिक ६४ रन जोडे । उनले ३४ बलमा ९ चौका र १ छक्का प्रहार गरेका थिए । टोम अल्सप १७ तथा कप्तान जेम्स भिन्स १५ रनमा आउट भए । डेजर्टका साम करन र वानिन्दु हसरंगाले समान ३ तथा खुजैमा तन्भिर र कप्तान लकि फर्गुसनले समान १ विकेट लिए ।

जितसँगै डेजर्ट ९ खेलमा १४ अंकका साथ शीर्ष स्थानमा छ । गल्फ ८ खेलमा ६ अंकका साथ पाँचौ स्थानमा छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.