1 month ago
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट व्यवसायिक भलिबल खेल्ने रविन यसै प्रतियोगिताको लागि अष्ट्रेलिया आएका हुन् । सर्वाेत्कृष्ट बनेका उनले १ सय अष्ट्रेलियन डलरसँगै ट्रफी प्राप्त गरे ।
करिअरकै उच्च लयमा रहेका रविनले दुई महिना अघि नेपालमै सम्पन्न काभा मेन्स क्लब च्याम्पियनसिपमा नेपालको च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट खेलेका थिए । उक्त च्याम्पियनसिपमा हेल्प नेपाल दोस्रो भएको थियो ।
आइतबार भएको फाइनलमा मोनाले नेपाली राष्ट्रिय टोलीकै सदस्य रहिसकेका दिल सुनारसम्मिलित गल्कोट समाज अस्ट्रेलियालाई ३-० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको थियो ।
विधागत विधातर्फ पनि च्याम्पियन मोनाकै खेलाडीको वर्चश्व रह्यो । गल्कोटका दिल सुनार उत्कृष्ट स्पाइकर बन्दा मोनाका विशाल कार्की सेटर, चन्द्र घर्ती मगर ब्लकर, तुल थापा लिवेरो र गोपाल पुन प्रशिक्षक चुनिए ।
मोनाका आनन्द थापा उदियमान खेलाडी चुनिदा गल्कोटका सन्दिप नेपाली अनुशासित खेलाडी घोषित भए । व्यक्तिगत विधाका उत्कृष्टसँगै उदियमान र अनुशाषित खेलाडीले समान ५० डलरसँगै ट्रफी प्राप्त गरे ।
प्रतियोगिता दौरान नै आयोजक दि गोर्खा स्पोर्ट्स क्लबले राष्ट्रिय टोलीमा योगदान दिएका खेलाडीलाई प्रमाणपत्रले सम्मान गरेको छ ।
क्लबले पूर्व कप्तान मान बहादुर श्रेष्ठ, टेकराज अवस्थी, विशाल बहादुर बिक, रविन चन्द ठकुरी, हेमन्त बहादुर मल्ल, राजेन्द्र विष्ट, दिल बहादुर सुनार, हरि बहादुर अधिकारी, यु–२३ का सदस्य वसन्त जोशी, राजु शेरचन र नेपाली महिला टोलीकी सदस्य प्रतिभा मालीलाई सम्मानित गरेको हो ।
यस्तै क्लबले फुटबलका विशाल राई, सुजल श्रेष्ठ, अभिषेक रिजाल र रजिन धिमाललाई पनि प्रमाण पत्रले सम्मानित गरेको छ ।
विजयी टोली तथा खेलाडीलाई नेपाल भलिबल संघ अस्ट्रेलयाका अध्यक्ष दीपक क्षेत्री, अजी फाइनान्स एण्ड होम लोनका विष्णु हमाल र क्लबका अध्यक्ष दिपेन्द्र राई लगायतले पुरस्कृत गरे ।
नकआउटका आधारमा भएको एक दिने प्रतियोगितामा खुल्लातर्फ १४ र ३ वर्षमाथि ७ गरी २१ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उत्कृष्टहरु
सर्वोत्कृष्ट – रविन चन्द ठकुरी (मोना)
उदियमान – आनन्द थापा (मोना)
अनुशाषित – सन्दिप नेपाली (गल्कोट)
स्पाइकर – दिल सुनार (गल्कोट)
सेटर – बिशाल कार्की (मोना)
ब्लकर – चन्द्र घर्ती मगर (मोना)
लिवेरो – तुल थापा (मोना)
प्रशिक्षक – गोपाल पुन (मोना)
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]