1 month ago
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ ।
आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा खुल्लातर्फ १४ र भेट्रान्स (३५ वर्षमाथि) ७ गरी २१ टोलीको सहभागिता रहेको ।
खुल्लातर्फ पोल ‘ए’ मा आयोजक दि गोर्खा स्पोर्ट्स क्लब ‘ए’, थकाली सेवा समिति, गोल्डेन ब्वाइज भलिबल क्लब, सनराइज युथ क्लब, मोना अस्ट्रेलिया, पर्वत बेनी र मंगला भलिबल क्लब रहेका छन् ।
पोल ‘बी’ मा आयोजक दि गोर्खा स्पोर्ट्स क्लब ‘बी’, गल्कोट समाज अस्ट्रेलिया, पोखरा भलिबल क्लब, ढोरपाटन क्लब अस्ट्रेलिया, छन्त्याल परिवार अस्ट्रेलिया, जलजला परिवार अस्ट्रेलिया र म्याग्दी काली युनाइटेड रहेका छन् ।
भेट्रान्स (३५ वर्षमाथि) क्यानबेरा भलिबल, गोल्डेन ब्वाइज भलिबल क्लब, नर्थवेस्ट नेप्लिज कम्युनिटी आयोजक गोर्खा, छन्त्याल परिवार अस्ट्रेलिया, मोना अस्ट्रेलिया र रकडेल विजनेस काउन्सिल रहेका छन् ।
खुल्लातर्फ एक टोलीमा नेपालको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका एक जना मात्र खेल्न पाउने प्रावधान छ ।
यसपटक सिड्नीमा रहेका नेपाली दर्शक तथा समर्थकले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान मान बहादुर श्रेष्ठ, टेकराज अवस्थी, बिशाल बहादुर बिके, रविन चन्द ठकुरी, हेमन्त बहादुर मल्ल, राजेन्द्र विष्ट, दिल बहादुर सुनार, हरि बहादुर अधिकारी र राजु शेरचनकाे खेल हेर्न पाउनेछन् । रविन, हेमन्त र हरि यसै प्रतियाेगिताका लागि अस्ट्रेलिया आइपुगेका हुन् ।
मानबहादुरले पोखरा, टेकराजले म्याग्दी काली, बिशालले गोर्खा, रविनले मोना, हेमन्तले जलजला, राजेन्द्रले ढोरपाटन, दिलले गल्कोट, हरिले आयाेजक ‘बी’ बाट तथा राजुले सनराइजबाट खेल्नेछन् ।
प्रतियोगिताको विजेताले ३ हजार १ सय ५५ अष्ट्रेलियन डलरसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ८ सय ५५ अष्ट्रेलियन डलरसँगै कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
३५ वर्षमाथिको विजेताले १ हजार ५५ अष्ट्रेलियन डलरसँगै कप, मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले ५ सय ५५ अष्ट्रेलियन डलरसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
सर्वाेत्कृष्ट खेलाडी र व्यक्तिगत विधातर्फको विजेतालाई नगद र ट्रफीको व्यवस्था रहेको छ । यस्तै प्रतियोगिता दौरान नेपाली राष्ट्रिय टोलीका सदस्यहरुलाई सम्मानित गरिने आयोजकले जनाएको छ । गत वर्ष आयोजक गोर्खाले नै उपाधि जितेको थियो ।
यस प्रतियोगितालाई अजी फाइनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ । प्लाटिनम प्रायोजकमा एक्सपर्ट एजुकेसन एण्ड भिज सर्भिसेस र फिस एट दि रक्स रहेका छन् ।
गोल्ड प्रायोजकमा प्रो फाउन्ड सर्भिस र रे पोपर्टी तथा सहयोगीमा ग्लोबल कन्सल्ट, नमस्ते सिड्नी, लाल्टिन नेप्लिज कजिन, नाओसाम्स माइग्रेसन सर्भिस र ग्रिफिन ट्याक्स प्रोफेसनल रहेका छन् । प्रतियोगितालाई एनआरएनए अस्ट्रेलिया, नेपाल भलिबल संघ अस्ट्रेलिया र नेपाल भलिबल संघले प्राविधिक सहयोग गरेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।