default_image

1 month ago

January 21, 2025

जय नेपाल कप क्रिकेट – ढाका र मध्यपश्चिमको जित

820 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ ।

६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ तथा रविन्द्रजंग शाहीले १६ बलमा १३ रन जोडे ।

त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले १९.५ ओभरमा ५९ रन जोड्दै अल आउट भयो । दिल्लीका लागि प्रियान्स चमोले २६ बलमा १८ तथा कुलदिप यादवले २७ बलमा १० रन जोडे ।

दोस्रो खेलमा नेपालकाे त्रिभुवन विश्वविद्यालय(त्रिवि) लाई बंगलादेशको ढाका विश्वविद्यालयले ८ विकेटले हराएको छ ।

१ सय ४ रनको लक्ष्य ढाकाले १२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ढाकाको जितमा इफ्तिकार होसाइले २९ बलमा ४५ र शरिफर सकिबले २७ बलमा ३३ रन जोडे ।

त्यसअघि पहिले ब्याटिङ गरेको त्रिवि १९.१ ओभरमा १ सय ३ रनमा समेटिएको थियो । त्रिविका लागि सलमान रायले २४ बलमा २० र कप्तान भीम सार्कीले १७ बलमा १८ रन जोडे ।

नेपाल विद्यार्धी संघले आयोजना गरेको प्रतियोगितामा नेपालका ४, भारतका ३ तथा बंगलादेशको १ विश्वविद्यालयको सहभागिता छ ।

प्रतियोगिताको खेलतालिका

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.