2 hours ago
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
सोमवार सम्पन्न दिनको पहिलो खेलमा समूह बी मा रहेको बागमतीले विभागीय टोली आर्मीलाई १४ रनले पराजित गरेको हो । हुस्सुका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो ।
बागमतीले दिएको ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३.२ ओभरमा ६७ रन जोड्दै अल आउट भयो । आर्मीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १४ रन जोडिन् । निग्मा तामाङले १३ तथा कप्तान लक्ष्मी साउदले १० रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बागमतीका लागि सोनु खड्का, कन्चन श्रेष्ठ र मनिषा उपाध्यायले समान २ तथा संस्कृती फुयाल र विपाशा शाहीले समान १ विकेट लिइन् ।
त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर ८१ रन जोडेको थियो । बागमतीका लागि ओपनर यशु पाण्डेले सर्वाधिक २५ रन जोडेकी थिइन् । कप्तान कन्चन श्रेष्ठले नट आउट २४ रन बनाउँदा यशोदा विष्ट २० रनमा नट आउट रहिन् ।
आर्मीका लागि इश्वरी विष्ट र लक्ष्मि साउदले समान १ विकेट लिए । जितसँगै बागमती २ खेलमा २ अंक जोड्दै समूह बी को तेस्रो स्थानमा छ । पराजित आर्मी २ खेलमा २ अंकका साथ शीर्ष स्थानमा छ । समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले लगातार दोस्रो हार बेहारेको छ । नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले स्कटल्याण्डलाई सामान्य लक्ष्य दिएको छ । नेपालले स्कटल्याण्डलाई ७४ रनको सामान्य लक्ष्य दिएको हो । मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भयो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेको छ । मलेसियाको युकेएम ओभलमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेपाली टोलीमा २ परिवर्तन गरिएको छ । बंगलादेशसँग शनिवार खेलेकी सोनी पाख्रीन र तृषना विक बेन्चमा रहँदा ज्योत्सिका मरासिनी र कृष्मा गुरुङले […]