1 month ago
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र संकटा क्लबबिच नेपाली कांग्रेस सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ।
नेपाली कांग्रेस, लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजना हुने नेपाली कांग्रेस सभापति कपको आइतवार खेल तालिका सार्वजनिक गरेको छ
उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १० गते हुनेछ। दोस्रो खेल माघ ११ गते मच्छिन्द्र क्लब र एपिएफ फुटबल क्लबबिच हुनेछ।
माघ १२ गरे गते नेपाल पुलिस क्लब र बागमती फुटबल क्लब बिच तथा माघ १३ गते एनआरटी र फ्रेन्डस क्लबबिच प्रतिस्पर्धा हुनेछ।
सभापति कप ८ टोलीको सहभागितामा माघ १० देखि १७ गतेसम्म हुनेछ। प्रतियोगिताको विजेताले २६ लाख, दोस्रो हुने टोली १३ लाख रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७५ हजार, उच्च गोलकर्ता उत्कृष्ट गोलकिपरले ५० हजार र उत्कृष्ट युवा खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। हरेक खेलको प्लेयर अफ दि म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।