1 month ago
January 19, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता आयोजना हुने दोस्रो संस्करणको अजी फाइनान्स गाेर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ मा १९ टोलीको सहभागिता रहने भएको छ ।
दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा अर्काे साता (२६ जनवरी) मा हुने दोस्रो संस्करणको प्रतियोगितामा खुल्लातर्फ १४ र भेट्रान्स (३५ वर्षमाथि) ५ गरी १९ टोलीको सहभागिता टुंगो लागेको हो ।
प्रतियोगिताको आइतबारै पोल विभाजन गरिएको छ । पोल ‘ए’ मा आयोजक दि गोर्खा स्पोर्ट्स क्लब ‘ए’, थकाली सेवा समिति, गोल्डेन ब्वाइज भलिबल क्लब, सनराइज युथ क्लब, मोना अस्ट्रेलिया, पर्वत बेनी र मंगला भलिबल रहेका छन् ।
पोल ‘बी’ मा आयोजक दि गोर्खा स्पोर्ट्स क्लब ‘बी’, गल्कोट समाज अस्ट्रेलिया, पोखरा भलिबल क्लब, ढोरपाटन क्लब अस्ट्रेलिया, छन्त्याल परिवार अस्ट्रेलिया, जलजला परिवार अस्ट्रेलिया र म्याग्दी काली युनाइटेड रहेका छन् ।
भेट्रान्स (३५ वर्षमाथि) क्यानबेरा भलिबल, गोल्डेन ब्वाइज भलिबल क्लब, आयोजक गोर्खा, छन्त्याल परिवार अस्ट्रेलिया र मोना अस्ट्रेलिया रहेका छन् ।
एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । खुल्लातर्फ एक टोलीमा नेपालको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका एक जना मात्र खेल्न पाउने प्रावधान छ ।
प्रतियोगिताको विजेताले ३ हजार १ सय ५५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ८ सय ५५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
३५ वर्षमाथिको विजेताले १ हजार ५५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले ५ सय ५५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
सर्वाेत्कृष्ट खेलाडी र व्यक्तिगत विधातर्फको विजेतालाई नगद र ट्रफीको व्यवस्था रहेको क्लबका अध्यक्ष दिपेन्द्र राईले बताए । प्रतियोगितामा सहभागिताको लागि खुल्लातर्फ ३ सय ७५ तथा ३५ वर्षमाथि ३ सय डलर शुल्क तोकिएको छ ।
यस प्रतियोगितालाई अजी फाइनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ । प्लाटिनम प्रायोजकमा एक्सपर्ट एजुकेसन एण्ड भिज सर्भिसेस र फिस एट दि रक्स रहेका छन् ।
गोल्ड प्रायोजकमा प्रो फाउन्ड सर्भिस र रे पोपर्टी तथा सहयोगीमा ग्लोबल कन्सल्ट, नमस्ते सिड्नी, लाल्टिन नेप्लिज कजिन, नाओसाम्स माइग्रेसन सर्भिस र ग्रिफिन ट्याक्स प्रोफेसनल रहेका छन् ।
प्रतियोगितालाई एनआरएनए अस्ट्रेलिया, नेपाल भलिबल संघ अस्ट्रेलिया र नेपाल भलिबल संघले प्राविधिक सहयोग गरेको छ । गत वर्ष आयोजक गोर्खाले नै उपाधि जितेको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।