1 month ago
January 18, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका चन्द्र कुवँर र सफल विकको जोडी
आठौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
एपिएफका बलिराम चौधरी र रमेश विकको जोडीलाई शनिवार २-१ सेटमा हराउँदै पुलिसको जोडीले उपाधि जितेको हो ।
सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्ट चन्द्र र सफलको जोडी १८-२१,२१-१४, १५-८ ले विजयी भएको हो ।
समूह चरणबाट हरेक खेलमा पहिलो सेट गुमाएको पुलिसको जोडी अन्तत च्याम्पियन बनेको छ।
कमला र मनिषाको जोडी च्याम्पियन
पुलिसका कमला पुन र मनिषाको जोडीले सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
आफ्नै क्लबका पुनम चन्द र कामना विष्टको जोडीलाई शनिवार २-० को सेटमा हराउँदै कमला र मनिषाको जोडी च्याम्पियन बनेको हो ।
कमला र मनिषाको जोडी २१-१९, २१-१० ले विजयी भएको हो। उनीहरुको जोडीले साउनमा भुटानमा भएको काभा बिच भलिबलमा स्वर्ण पदक जितेको थियो।
एपिएफ र आर्मीको जोडी तेस्रो
नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबका जोडी राष्ट्रिय बिच भलिबल प्रतियोगितामा तेस्रो भएको छ।
महिला एपिएफको निरुता ठगुन्ना र नेविका चौधरी जोडी तथा पुरुषतर्फ टिकराज तामाङ र सूर्य परियारको जोडी तेस्रो भएको हो ।
आफ्नै क्लबका रस्मिता दुरा र जस्ना महतोको जोडीलाई
२१-१२,२१-१५ ले हराउँदै निरुता र नेविकाको जोडी तेस्रो भएको थियो।
एपिएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाको जोडीलाई २१-१९,२४-२२ ले पराजित गर्दै टिकराज र सूर्यको जोडी विजयी भएको थियो ।
नेपाल भलिबल संघको वार्षिक कार्यक्रम अनुसार जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले आयोजना माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा महिलामा १७ र पुरुषमा १५ टोलीको सहभागिता थियो।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।