1 month ago
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो।
दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे ।
उपाधिसंगै बिबिसीले २ लाख र कुसुन्ती ‘बी’ ले १ लाख रुपैयाँ प्राप्त गर्यो। कुसुन्ती ‘बी’ का सविनबाग श्रेष्ठ उत्कृष्ट खेलाडी, कुसुन्ती ‘बी’ कै प्रदीप तण्डुकार उत्कृष्ट गोलरक्षक र बिबिसीका दीपक लामा उत्कृष्ट डिफेन्डर घोषित भए । तीनैले जनही ५ हजार रुपैयाँसहित गिफ्ट भौचर प्राप्त गरे ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, अर्को आयोजक ललितपुर महानगरपालिका वडा १३ का अध्यक्ष गणेश केसी, आयोजक कुसुन्ती युवा क्लबका अध्यक्ष निरज खड्कालगायतले विजेता उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
पुस २२ गतेदेखि सुरु प्रतियोगितामा ३० टोलीले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि कुपण्डोल ४० प्लस भेट्रानले जितेको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।