2 months ago
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।
एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि दुई वर्षको भएपनि सेवा र सुविधा खुलाइएको छैन ।
सरस्वती र प्रतिभा महिला राष्ट्रिय टोलीका भरपर्दा सदस्य हुन् । लगतार चोटका कारण प्रतिभा भने गत वर्ष चीनमा भएको एसियाड पछि राष्ट्रिय टोलीबाट बाहिर छन् ।
यस बीचमा महिला टोलीले घरेलु भुमिमा काभा नेसन्स लिग खेलेको थियो । नेपाल दोस्रो हुँदा सरस्वती टोलीकी महत्वपुर्ण सदस्य थिइन् । प्रतिभा र सरस्वतीले नेपाली टोलीबाट दुईपटक स्वर्ण पदक जितेका छन् ।
अस्ट्रेलियामा रहँदा प्रतिभा र सरस्वतीले आँफुसम्मिलित म्याग्दी काली युनाइटेडलाई च्याम्पियन बनाएका थिए । प्रतिभाले म्याग्दी कालीलाई पाँचौं संस्करणको महिला तथा पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ को उपाधि जिताउँदा सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।
यस्तै सरस्वतीले म्याग्दी कालीलाई आठौं संस्करणको जलजला कप पुरुष तथा महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनाएको थियो ।
एभरेस्ट ग्लोबल सन् २०१६ मा स्थापित संस्था हो । एभरेस्ट ग्लोबलको अस्ट्रेलियाको सिड्नी र पर्थमा तथा नेपालमा काठमाडौं, पोखरा र म्याग्दीको बेनीमा कार्यालय रहेको छ ।
युवा, शिक्षा र खेलकुदमा विशेष चासो राख्दै आइरहेको एभरेस्ट ग्लोबलले खेलकुदका विभिन्न गतिविधि र अस्ट्रेलियामा रहेको विभिन्न क्लबलाई प्रायोजन गर्दै आइरहेको एभरेस्ट ग्लोबल सिड्नीका निर्देशक बानियाले जानकारी गराए ।
एभरेस्ट ग्लोबलले पर्थमा १० फुटबल क्लब, सिड्नीमा एक भलिबल क्लब (म्याग्दी काली युनाइटेड) र तीन फुटबल क्लबलाई प्रायोजन गर्दै आइरहेको छ ।
यस्तै एभरेस्ट ग्लोबलले म्याग्दीमा विद्यालय स्तरबाटै फुटबल बिकासको लागि म्याग्दी जेसिससँग ५ वर्ष (सन् २०२४ देखि २०२९) सम्म प्रायोजन सम्झौता गरेको छ ।
यसअघि फेवा एजुकेसन एण्ड भिजा सर्भिसेसले नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका पुर्व कप्तान मान बहादुर श्रेष्ठ र महिला टोलीकी सदस्य उषा भण्डारीलाई पनि ब्रान्ड एम्बासडरमा नियुक्त गरेको थियो ।
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]