default_image

2 months ago

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

446 views

0 Bookmark

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ ।

शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल गरे ।

खेलको आठौं मिनेटमा डोकुको गोलमार्फत सिटीले अग्रता लियो । २०औं मिनेटमा मोबासले टोलीको अग्रता दोब्बर बनाए ।

४३औं मिनेटमा ओ राइलीले टोलीका लागि तेस्रो गोल गरे । ४९औं मिनेटमा ग्रेलिसले पेनाल्टीमार्फत गोल गर्दा सिटीको अग्रता ४-० मा पुग्यो ।

म्याकएटीले ६२औं मिनेटमा गोल गर्दा सिटी ५-० ले अघि रह्यो । त्यसको ६९ औं मिनेटपछि नै डोकुले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे । म्याकएटीले ७२ र ८१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

सिटी चौथो चरणमा प्रवेश गरेको छ । शनिवार अन्य सम्पन्न लिभरपुल, बर्मिघम सिटी, लेस्टर सिटी, चेल्सी, कोभन्ट्री, लिड्स युनाइटेड, स्टोक सिटी, एक्सटर सिटी र बर्नेलीले पनि चौथो चरणको यात्रा तय गरे ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.