default_image

3 months ago

January 5, 2025

अष्ट्रेलियामा पुरुष भलिबल कप अर्काे महिना

830 views

0 Bookmark

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ ।

दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ ।

प्रतियोगितामा खुल्लातर्फ कम्तीमा १४ टोली र ३५ वर्षमाथि ६ टोलीको सहभागिता रहने र खेलहरु नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता संयोजक प्रकाश फाल मगरले जानकारी गराए । खुल्लातर्फ एक टोलीमा नेपालको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका एक जना मात्र खेल्न पाउने प्रावधान छ ।

प्रतियोगिताको विजेताले ३ हजार १ सय ५५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ८ सय ५५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । ३५ वर्षमाथिको विजेताले १ हजार ५५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले ५ सय ५५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सर्वाेत्कृष्ट खेलाडी र व्यक्तिगत विधातर्फको विजेतालाई नगद र ट्रफीको व्यवस्था रहेको क्लबका अध्यक्ष दिपेन्द्र राईले बताए । प्रतियोगितामा सहभागिताको लागि खुल्लातर्फ ३ सय ७५ तथा ३५ वर्षमाथि ३ सय डलर शुल्क तोकिएको छ ।

यस प्रतियोगितालाई अजी फाइनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ । एक्सपर्ट एजुकेसन एण्ड भिज सर्भिसेस, रे पोपर्टी र फिस एट दि रक्स प्लाटिनम प्रायोजक रहेका छन् । गत वर्ष आयोजक गोर्खाले नै उपाधि जितेको थियो ।

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.