default_image

2 months ago

January 4, 2025

एनएनआइपिए स्पोर्टस अवार्ड आज

390 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ।

नेपाल‌ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को‌ आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ।

गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका सम्बन्धित राष्ट्रिय खेल संघको सिफारिसमा समान १ जना उत्कृष्ट खेलाडीलाई अर्वाड प्रदान गरिनेछ।

२९ खेल उत्कृष्ट खेलाडी अवार्डसहित १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीहरु मध्येबाट एक महिला र एक पुरुषलाई सर्वोकृष्ट खेलाडी घोषित गर्दै समान १ लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरिने एनएनआइपिएले यसअघि नै जानकारी गराइसकेको छ।

त्यस्तै उत्कृष्टहरुमध्ये एक महिला र एक पुरुषलाई प्रतिभाशाली खेलाडी सम्मानसहित ५० हजार रुपैयाँ प्रदान गरिने छ।

अवार्डमा एकजना पाका खेल व्यक्तित्वलाई गजराज आर्दश खेल व्यक्तित्वलाई‌ र एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कारसहित ३५ हजार रुपैयाँबाट सम्मान गर्नेछ।

त्यस्तै एक जना वर्ष उत्कृष्ट पारा खेलाडी घोषणा गर्दै अवार्ड र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
२९ खेलमा फुटबल, साइक्लिङ, क्रिकेट,
एथलेटिक्स, फेन्सिङ, रग्बी, ह्याण्डबल, पौडी,लन टेनिस,गल्फ, उसु, कुस्ती,भारोत्तोलन छन्। त्यस्तै बास्केटबल, सुटिङ, कबड्डी, ट्राइथोलन, टेबल टेनिस, बक्सिङ, इ-स्पोर्टस, स्क्वास,जुडो, कराते,डान्स स्पोर्टस, ब्याडमिन्टन,भलिबल, तेक्वान्दो, आर्चरी, क्यानोइङ रहेका छन् ।

अवार्डको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्नेछ।
अवार्ड यसअघि काठमाण्डौ, ललितपुर, भक्तपुरका विभिन्न स्थानमा आयोजना भएको थियो।

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

Success

Thank you for your time.