default_image

1 month ago

December 28, 2024

स्युचाटार क्रिकेट लिग – किंग्स र ग्रेट हिमालयको लगातार जित

246 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको दोस्रो दिन शनिवार ७ खेल‌ भएका छन् ।

आज नवज्योति युथ परिवार, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, सानो स्वर्ग नेपाल, बिएसडी, क्रिकेट एक्सिलेन्स सेन्टर र किंग्स क्रिकेट एकेडेमी विजयी भएका छन् ।

पहिलो खेलमा समुह ए अन्तर्गत नवज्योति युथ परिवारले दोस्रो जित दर्ता गर्यो । उसले हसनटार युथ क्लबलाई २६ रनले पराजित गर्यो ।

९१ रनको लक्ष्य पछ्याएको हसनटारले १० ओभरमा ६४ रनमा अल आउट हुन पुग्यो । नवज्योतीका विज्ञान गौतम ४ विकेट लिदै प्लेयर अफ द म्याच भए ।

दोस्रो खेलमा समुह डी अन्तर्गत ग्रेट हिमालयन क्रिकेट एकेडेमीले थानकोट वारियर्सलाई २० रनले पराजित गर्यो ।

५९ रनको लक्ष्य पछ्याएको थानकोटले ३८ रनमा अल आउट भयो । प्लेयर अफ द म्याच घोषित ग्रेट हिमालयका क्रिस कार्कीले २ विकेट लिनुको साथै १५ रन पनि बनाए ।

तेस्रो खेलमा समुह डी अन्तर्गत सानो स्वर्ग नेपालले पञ्चायन युथ क्लबलाई २ विकेटले पराजित गर्यो । ७३ रनको लक्ष्य पछाएको पञ्चायनले अन्तिम बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित धीरजले ३ विकेट लिनुको साथै २५ रन पनि बनाए ।

चौंथो खेलमा समुह सी अन्तर्गत बिडिएसले कालिका वारियर्सलाई ३९ रनले पराजित गर्यो । ७८ रनको लक्ष्य पछ्याउने क्रममा कालिकाले ३८ रनमा अल आउट भयो । प्लेयर अफ द म्याच घोषित बिडिएसका रवि शाहले ३१ रन बनाए ।

पाँचौँ खेलमा समुह डी अन्तर्गत ग्रेट हिमालय क्रिकेट एकेडेमीले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा सानो स्वर्ग नेपाललाई ७२ रनले पराजित गर्यो।

९२ रनको लक्ष्य पछाएको सानो स्वर्गले १९ रनमा अल आउट भयो । प्लेयर अफ द म्याच घोषित ग्रेट हिमालयका सक्षम बस्ताकोटीले ३७ रन बनाए ।

छैटौं खेलमा समुह ए अन्तर्गत क्रिकेट एक्सिलेन्स सेन्टरले (सिइसी) ले नवज्योति युवा क्लबलाई सात विकेटले पराजित गर्यो ।

४१ रनको लक्ष्य पाएको क्रिकेट एक्सिलेन्स सेन्टरले ४.२ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पुरा गर्यो । प्लेयर अफ द म्याच घोषित सिइसीका अभिनाश बस्यालले ३ विकेट लिए ।

सातौं खेलमा समुह बि अन्तर्गत किङ्स क्रिकेट एकेडेमीले लगातार तेश्रो जित दर्ता गर्ने क्रममा टिम रेन्सुलाई १० रनले पराजित गर्यो ।

६२ रनको लक्ष्य पछाएको रेन्सुले ५१ रन मात्र बनाउन सक्यो । प्लेयर अफ द म्याच घोषित प्रसिद्ध श्रेष्ठले १३ रन बनाउनुको साथै एक विकेट पनि लिए । जित पछि किंग्सले समुह बि क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.