1 month ago
December 25, 2024
तनहुँ (हाम्रो खेलकुद) – बराहडाँडा युवा क्लबकाे आयाेजना तथा बराहडाँडा टोल विकास संस्थाको सह–आयोजनामा हुने २८ बजार मेलामा पुरुष र महिला भलिबल प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
शुक्लागण्डकी नगरपालिका– १२ बराहडाँडा तनहुँमा रहेको बाराही प्राथमकि विद्यालयले हरेक वर्षको पुस २८ गते बार्षिकोत्सव मनाउँदै आइरहेकाेमा पछि यो वार्षिकोत्सव २८ बजार मेलाले चिनिन्छ । यसपल्ट विद्यालयको ५०औं स्वर्ण जयन्ती पनि रहेको छ ।
सोही अवसरमा २६ देखि २८ पुससम्म पुरुष र महिला भलिबल प्रतियोगिता हुन लागेको अयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । खेलहरुबाराही प्राविको खेलमैदानमा मेला हुनेछ ।
पुरुषतर्फ साविक वडास्तरीय र महिलातर्फ खुला क्बलस्तरीय प्रतिस्पर्धा हुने राष्ट्रिय भलिबल रेफ्री टुक बहादुर गुरुङले जानकारी गराए । उनका अनुसार पुरुषतर्फ १२ र महिलामा ६ टोलीको सहभागिता रहने छ ।
पुरुषतर्फको विजेताले १ लाख रुपैयाँ, शिल्ड, मेडल प्राप्त गर्ने खेल संयोजक खेम गुरुङले जानकारी दिए । उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन् । सेमिफाइनमा पराजित हुने दुई टोलीलाई समान १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
महिलातर्फको विजेताले २५ हजार रुपैयाँको साथमा शिल्ड मेडल प्राप्त गर्दा उपविजेताले १५ हजार रुपैयाँ हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर र सेटरलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सञ्चालन गर्न ६ लाख रुपैयाँ लाग्ने अनुमान गरेको बराहडाँडा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका खेलका सहसंयोजक जमानसिं गुरुङले बताए ।
गाउँ तहबाटै नयाँ प्रतिभावान् खेलाडीको पहिचान गरेर राष्ट्रियस्तरमा सहयोग पु¥याउने उद्देश्यले पुरुषतर्फ साविक वडास्तरीय र महिलामा खुल्ला राखिएको क्लबका अध्यक्ष शिव गुरुङले जानकारी दिए । साँस्कृतिक कार्यक्रमतर्फ मौलिक नृत्यसँगै स्थानीय कला संस्कृतिको प्रदर्शनी गरिनेछ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]