1 month ago
December 22, 2024
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ ।
म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । आज (आइतबार) समुह विभाजन गरिएको छ । पोल ‘ए’ मा म्याग्दी काली युनाइटेड, पर्वत बेनी, गल्कोट समाज अस्ट्रेलिया, क्यानवेरा भलिबल, दि गोर्खा स्पोर्ट्स क्लब, गोल्डेन ब्वाइज भलिबल क्लब र आयोजक जलजला परिवार अस्ट्रेलिया रहेका छन् ।
पोल ‘बी’ मा थकाली सेवा समिति, पोखरा भलिबल क्लब, छन्त्याल परिवार अस्ट्रेलिया, ढोरपाटन क्लब अस्ट्रे्लिया, मोना अस्ट्रेलिया र मंगला भलिबल क्लब रहेका छन् ।
यस्तै महिलातर्फ पोल ‘ए’ मा मोना अस्ट्रेलिया, म्याग्दी काली युनाइटेड र पोखरा भलिबल क्लब तथा पोल ‘बी’ मा ढोरपाटन क्लब, म्याग्दी जलजला परिवार र छन्त्याल परिवार अस्ट्रेलिया रहेका छन् ।
पुरुषतर्फको विजेताले ३ हजार १ सय ५ अस्ट्रेलियन डलरसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १ हजार ८ सय ५ अस्ट्रेलियन डलरसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
महिलातर्फको विजेताले १ हजार २ सय ५ अस्ट्रेलियन डलरसहित शिल्ड मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले ७ सय ५ अस्ट्रेलियन डलरसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दुवैतर्फ सर्वाेत्कृष्ट र व्यक्तिगत विधामा पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाहीसँगै सरस्वती चौधरी र प्रतिभा माली, राष्ट्रिय टोलीबाट दुई महिनाअघि सन्यासको घोषणा गरेका पुर्व कप्तान मानबहादुर श्रेष्ठ, टेक राज अवस्थी, बिशाल बहादुर बिक, राजेन्द्र विष्ट र दिल बहादुर सुनारलगायतले प्रतिस्पर्धा गर्ने भएकाले यस पटकको प्रतियोगिता विशेष र प्रतिस्पर्धात्मक हुने म्याग्दी जलजला परिवारका अध्यक्ष दिपेन्द्र भण्डारीले बताए ।
च्याम्पियनसिपको मुख्य प्रायोजकमा स्टुडेन्ट भाइब्स एजुकेशन एण्ड भिजा सर्भिसेस रहेका छन् । यसैगरी प्लाटिनियममा धुरसन कन्ट्रक्सन, डिबि मार्ट र लुम्बिनी ग्रोसरी एण्ड मिट रहेका छन् ।
गोल्डमा बुद्ध ज्वेलर्स, एसटिएम बिल्डिङ सर्भिस, क्लिप मार्टलगायत छन् । पुरुषतर्फ प्रथम पुरस्कारको प्रायोजन एएलडी कर्पाेरेटले तथा महिलातर्फको पहिलो पुरस्कार बुद्ध ज्वेलर्सले गरेका छन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]