8 years ago
February 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फुटबलका नवयुग श्रेष्ठ, पौडीकी गौरिका सिंह, जुडोकी फुपुल्हामु खत्री, उसुकी निमा घर्तीमगरसहित विभिन्न २२ खेलका खेलाडी एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडीबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले फागुन १७ गते राजधानीमा एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ आयोजना गर्दै सम्मान गर्ने जनाएको छ ।
पछिल्लो एकदशक यता नेपाली खेलाडीको हौसला अभिबृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्देश्यले १० औं एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजना गरिने संघका महासचिव दीपक श्रेष्ठले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित आयोजना गरिने कार्यक्रमा गत बर्ष नेपाललाई बंगबन्धु गोल्डकफ, १२ औंं दक्षिण एसियाली खेलकुद साग (साग) मा नेपाललाई स्वर्ण पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको नवयुग र १२ औं सागमा एक रजत र तीन कास्य पदक जितेकी गौरिका सम्मानित हुनेछन् ।विभिन्न २२ खेलका सम्बन्धित संघको सिफारिसका आधारमा एनएनआइपिएले खेलाडी सम्मान गर्दै आएको छ ।
नवयुग, गौरिकासहित भारोत्तोलनका विकास थापा, भलिबलकी सरस्वती चौधरी, तेक्वान्दोका वीर बहादुर महरा, कुस्तीका सरोज यादव, आर्चरीका प्रेम प्रसाद पुन, स्क्वासका अरहान्त सिंह, बक्सिङ्गकी सरस्वती राना, ब्याडमिन्टनकी नङ्गशल देवी तामाङ्ग, सागकी स्वर्ण पदक विजेता जुडोकी फुपुल्हामु खत्री, सुटिङ्गकी स्नेहा राज्यलक्ष्मी राणा सम्मानित हुनेछन् ।
त्यस्तै साईक्लिङ्गका अजय पण्डित, ट्राईयाथलनकी रोजा के.सी., कबड्डीका शान्ति मल्ल, लनटेनिसका अभिषेक बास्तोला, यस्तै हक्कीकी कुश्मा रानामगर, खोखोकी अर्पणा कुमारी महतो, १२ औं सागकी स्वर्ण पदक विजृेता उसुकी नीमा घर्ती मगर, टेबल टेनिसका दीप साउन, ह्याण्डबलकी रञ्जना राई र एथलेटिक्सकी हरिकुमार रिमाल सम्मानित हुनेछन् ।
खेलाडीले ट्रफी एनएनआइपिएका तर्फबाट ५ र सम्बन्धित खेलको राष्ट्रिय संघबाट ५ हजार गरि १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सोही अवसरमा आफ्नो जीवन खेलमा समर्पित गर्दै खेलाडी तथा खेलकुदमा आदर्श व्यक्तित्वको रुपमा परिचित एक जनालाई २५ हजार रुपैयाँसहित गजराज स्मृती आदर्श खेल व्यक्तित्वबाट सम्मान गरिने महासचिव श्रेष्ठले जनाए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]