3 months ago
December 18, 2024
एजेन्सी – भारत र अस्ट्रेलियाबीचको बोर्डर गावास्कर ट्रफी अन्तर्गतको तेस्रो टेस्टमा बराबरीमा सकिएको छ ।
तेस्रो टेस्टमा अस्ट्रेलियाले जितका लागि दिएको २ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा पाँचौं तथा अन्तिम दिन बुधवारको खेल वर्षाका कारण हुन सम्भव भएन ।
पहिलो इनिङमा अस्ट्रेलियाले भारतविरुद्ध १ सय ८५ रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा ८९ रन जोड्दै अस्ट्रेलियाले इनिङ समाप्तिको घोषणा गरेको थियो ।
२ सय ७५ रनको लक्ष्य पाएको भारतले २.१ ओभरमा ८ रन बनाएको अवस्थामा भारी वर्षा भएपछि खेल रोकिएको थियो । ५ टेस्ट सिरिजमा तेस्रो टेस्ट सकिदा १-१ को बराबरी रहेको छ ।
पहिलो टेस्टमा भारत २ सय ९५ तथा दोस्रो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो । चौथो टेस्ट डिसेम्बर २६ बाट मेलबर्नमा सुरु हुनेछ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]