3 hours ago
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंंक नेपाल प्रिमियर लिग(एनपिएल) को शुक्रवारको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई सामान्य योगफलमा रोकेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रनको सामान्य योगफल तयार गरेको थियो । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।
अन्तिम ओभरमा बोसिस्टो विकास आग्रीबाट बोल्ड आउट भए । अर्जुन घर्ती २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन बनाउदै रेमन सिमण्ड्सको बलमा आउट भए ।
ओपनर बाबर हायातले २२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । ओपनर बाबर तिलक राज भन्डारीको बलमा साद विन जाफरबाट समातिए । अर्का ओपनर देव खनाल ३ रन जोड्दै साद विन जाफरको बलमा पेभिलियन फर्किए । तेस्रो नम्बरमा ब्याटिङमा आएका चालडिक वाल्टन १३ रन जोड्दै तिलकराज भन्डारीको बलमा नै आउट भए ।
गुलसन झा ८ रन जोड्दै लुम्बिनीका कप्तान गुलशन झाको बलमा विकेटकिपर अर्जुन साउदबाट क्याच भए । कप्तान सोमपाल कामी २ बलमा ७ रन बनाउँदै विकास आग्रीबाट आउट भए ।
लुम्बिनीका लागि यसै खेलबाट एनपिएल डेब्यु गरेका विकास आग्रीले अन्तिम ओभरमा ३ विकेट लिए । तिलक राज भन्डारीले २ तथा साद विन जाफर र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए । कर्णालीले ५ खेलमा ६ अंक जोडेको छ । यस खेलमा जित निकाल्दै कर्णाली प्लेअफ सम्भावना बलियो पार्न चाहन्छ ।
पहिलो संस्करणको एनपिएलमा आफ्नो अन्तिम खेल खेल्दै गरेको लुम्बिनी जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । आजै दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजसँग खेल्नेछ ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको पहिलो खेलमा लुम्बिनी लायन्समाथि कर्णाली याक्सले रोमाञ्चक जित हात पारेको छ । कर्णालीले ५ रनको रोमाञ्चक जित निकालेको हो। यो जितले कर्णालीले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन […]
December 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन्। फ्लाइ दुबईबाट शुक्रवार बिहान लारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनै आजै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि कीर्तिपुरस्थित टियु मैदान पुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। उनले ५ ओभर एनपिएलको कमेन्ट्री गर्ने बताइएको छ । लारा […]