8 years ago
February 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब हरिकुमार रिमाल र नेपाल एपिएफ क्लबकी कान्छीमाया कोजु कान्तिपुर हिरो हाफ म्याराथनको उपाधि जितेका छन् । शनिबार भएको सातौं संस्करणमा च्याम्पियन बन्ने क्रममा हरि र कान्छिमायाले कोर्स रेकर्ड राखेका छन् ।
कान्तिपुर पब्लिकेसन्सको २५ औं वार्षिकोत्सवका अवसरमा भएको हाफ म्याराथनमा पुरुषतर्फ हरिले १ घन्टा ६ मिनेट ४१ सेकेन्ड समय खर्चेका थिए । महिलातर्फ कान्छीमायाले १ घन्टा १९ मिनेट २२ सेकेन्डको समय निकालिन् । गत वर्ष एपीएफका गोपिचन्द्र पार्कीले १ घन्टा ८ मिनेट र २९ सेकेन्डको तथा रेसु बस्नेतले १ घन्टा २८ मिनेट २० सेकेन्डको कोर्स रेकर्ड बनाएका थिए । विजेता दुवै हरि र कान्छिमायाले हिरो ड्यास स्कुटर र समान ५० हजार रुपैयाँ प्राप्त गरे ।
पुरुषमा भारतीय आर्मीका अनिष थापा मगर र तिर्थकुमार पुन दोस्रो र तेस्रो भए । अनिषले १ घन्टा ६ मिनेट ४३ सेकेन्ड र तिर्थले १ घन्टा ७ मिनेट १९ सेकेन्डको समय निकाले । गत वर्षको विजेता एपपएफका गोपिचन्द्र १ घन्टा ८ मिनेट ४ सेकेन्ड, शंकरमान थापा १ घन्टा ८ मिनेट ११ सेकेन्डका साथ पाँचौं, र राम्जी बस्नेत १ घन्टा ९ मिनेट ३९ सेकेन्डका साथ छैटौं भए ।
महिलातर्फ आर्मीकी विश्वरुपा बुढा दोस्रो र सानु कार्की तेस्रो भए । विश्वरुपाले १ घन्टा १९ मिनेट २६ सेकेन्ड र सानुले १ घन्टा २२ मिनेट ५७ सेकेन्डको समय निकाले । एपिएफकी पुष्पा भण्डारी १ घन्टा २४ मिनेट ५७ सेकेन्ड समयका साथ चौथो, आर्मीकी रेसु बस्नेत १ घन्टा २६ मिनेट २६ सेकेन्डका साथ पाँचौं र एपीएफकी विन्द्रा धनके श्रेष्ठ १ घन्टा २७ मिनेट ८ सेकेन्डसहित छैटौं भइन् ।
महिला र पुरुष दुवै विधामा दोस्रो देखि छैटौं हुनेलाई क्रमशः ३०, २०, १०, ५ र ३ हजार रुपैयाँ प्राप्त गरे । दोस्रो हुनेलाई लेगो मोबाइल सेट तथा तेस्रो देखि छैटौं हुनेलाई शिखर सुजको गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
५ किलोमिटरको कर्पोरेट दौडमा क्लासरुमका भुपेन्द्र बटाला १८ मिनेट १२.०८ सेकेन्डका साथ विजयी भए । थिएटर मलका उत्तम श्रेष्ठ १८ मिनेट १८ सेकेन्डसहित दोस्रो र युथ जर्नलिजम इन्टरनेश्नलका सन्तोष पौडेल १९ मिनेट ४६.०९ सेकेन्डका साथ तेस्रा भए ।
कर्पोरेटको महिलातर्फ थिएटर मलका सन्तोषी श्रेष्ठ १९ मिनेट १५.०७ सेकेन्ड समयका साथ विजयी भइन् । ओयस्टर स्पा एन्ड फिटनेस सेन्टरकी निर्मला महर्जन २४ मिनेट ५२.०८ सेकेन्ड समय निकाले दोस्रो र सिभिल बैंककी लाडेन प्रधान २५ मिनेट २२.१६ सेकेन्डका साथ तेस्रो भइन् ।
दुबै समूहको विजेतालाई क्याथे ड्रागनको हङकङको रिटर्न टिकट र दुई रात बसोबासको उपहार प्रदान गरिएको थियो । दोस्रोलाई पोखराको रिटर्न टिकट र तेस्रो हुनेलाई माउन्टेन फ्लाइट टिकट प्रदान गरिएको थियो ।
ह्विलचेयरमा पुरुषतर्फ रामबहादुर गुरुङ १२ मिनेट ९.७७ सेकेन्ड समयका साथ पहिलो भए । प्रेम विक १४ मिनेट ०४.२४ सेकेन्डसहित दोस्रो र भरत विसी २५ मिनेट २२.१८ सेकेन्डका साथ तेस्रा भए ।
महिलातर्फ लालि तामाङ १६ मिनेट ३८.७९ सेकेन्डका साथ पहिलो भइन् । यामी झाक्री मगर १७ मिनेट ०२ सेकेन्डसहित तेस्रो र रज्नी राई १७ मिनेट १७.४२ सेकेन्डका साथ तेस्रो भइन् । दुवै विधाका विजेताले २० हजार, दोस्रो हुने १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]