default_image

3 months ago

December 8, 2024

हेडको शतक र बलर चम्कदा अस्ट्रेलियासँग भारतको हार

976 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ ।

दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ ।

दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

५ विकेट गुमाएर १ सय २८ रन अवस्थाबाट भारतले तेस्रो दिनको खेल सुरु गरेको थियो । थप ४७ रन जोडेर भारत अल आउट भएको थियो ।

नितिशकुमार रेड्डीले सर्वाधिक ४२, रिषभ पन्त र शुभमन गिलले समान २८ ,ओपनर यशस्वी जैसवाल २४, लोकेश राहुल ७, विराट कोहली ११ र रोहित शर्मा ६ रनमा आउट भए ।

अष्ट्रेलियाका प्याट कमिन्सले १४ ओभरमा ५७ रन खर्चिएर ५ विकेट लिए । स्कट बोलाण्डले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए ।

त्यसअघि अष्ट्रेलिया पहिलो इनिङमा ३ सय ३७ रनमा अल आउट भएको थियो । ट्रविस हेडले १ सय ४१ बलमा १७ चौका र ४ छक्कासहित १ सय ४० रनको शतकीय इनिङ खेलेका थिए । उनको टेस्ट करिअरको यो आठौं शतक रहेको थियो । भारतका जस्प्रित बुमराह र मोहम्मद शिराजले समान ४ विकेट लिए ।

त्यसअघि भारत पहिलो इनिङमा १ सय ८० रनमा अल आउट भएको थियो । नितेश कुमार रेड्डीले सर्वाधिक ४२ रन बनाएका थिए । अष्ट्रेलियाका मिचेल स्टार्कले ६, प्याट कमिन्स र स्कट बोलान्डले समान २ विकेट लिए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.