default_image

3 months ago

December 7, 2024

४ अर्धशतकको सहयोगमा इङ्ग्ल्यान्ड विशाल अग्रतामा

77 views

0 Bookmark

एजेन्सी – ४ ब्याटरको अर्धशतकको सहयोगमा इङ्ग्ल्यान्ड न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा विशाल अग्रता तर्फ उन्मुख भएको छ ।

इङ्ग्ल्यान्डका ४ ब्याटरको अर्धशतकको सहयोगमा दोस्रो टेस्टकाे दोस्रो इनिङमा विशाल अग्रतातर्फ उन्मुख भएको छ । पहिलो इनिङमा १ सय ५५ रनको अग्रताका साथ दोस्रो इनिङको सुरुवात गरेको इङ्ग्ल्यान्डले दोस्रो दिनको समाप्तीमा ५ सय ३३ रनको अग्रता बनाएको छ ।

दोस्रो इनिङमा इङ्ग्ल्यान्डका लागि बेन डुकेट, जोकेब बेथहेल, ह्यारी ब्रुक अर्धशतक प्रहार गर्दै आउट भएका थिए । जो रुटले नट आउट ७३ रनमा क्रिजमा रहेका छन् । रुटका साथमा कप्तान बेन स्टोक्स ३५ रनमा क्रिजमा रहेका छन् । त्यसअघि बेथहेलले ९६, डुकेटले ९२ तथा ब्रुकले ५५ रन जोडेका थिए । न्युजिल्यान्डका टिम साउथी र म्याट हेनरीले समान २ तथा ग्लेन फिलिप्सले १ विकेट लिएका छन् ।

वेलिङ्गटनमा पहिलो इनिङमा न्युजिल्यान्डले १ सय २५ रन मात्र जोडेको थियो । न्युजिल्यान्डका लागि पहिलो इनिङमा केन विलियम्सन ३७, टम लाथम १७, डेभन कन्वे ११ र रचिन रविन्द्र ३ रनमा आउट भए । इंग्ल्यान्डका बायडन कास्र र गस एट्किन्सनले समान ४तथा कप्तान बेन स्टोक्स र क्रिस वोक्सले समान १ विकेट लिएका छन् ।

पहिलो इनिङमा युवा ब्याटर ह्यारी ब्रुकको शतकसँगै दोस्रो टेस्ट खेलमा इङ्ग्ल्यान्डले न्युजिल्यान्डविरुद्ध मजबुत प्रदर्शन गरेको थियो । टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड २ सय ८० रनमा अल आउट भएको थियो । ह्यारी ब्रुकले १ सय १५ बलमा ११ चौका र ५ छक्कासहित १ सय २३ रन बनाएका थिए ।

यसअघि पहिलो खेलमा उनले न्युजिल्यान्डविरुद्ध १ सय ७१ रनको शतकीय इनिङ खेलेका थिए । उनलाई नाथन स्मिथले रन आउट गरेका थिए । जो रुट ३, ओली पोप ६६ र बेन स्टोक्स २ रनमा आउट भए ।

न्युजिल्यान्डका नाथन स्मिथले ४, विल ओरौरकले ३ र म्याट हेनरीले २ विकेट लिए । तीन खेलको टेस्टमा इङ्ग्ल्यान्ड १-० ले अघि छ । पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टेस्ट १४ डिसेम्बरदेखि हामिल्टनमा सुरु हुनेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.