3 months ago
December 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय युवा ओपनर अभिषेक शर्माले टि ट्वान्टी क्रिकेटमा २८ बलमै शतक पूरा गरेका छन् ।
भारतको राष्ट्रिय घरेलु प्रतियोगिता शैद मुश्ताक अली ट्रफीमा उनले पञ्जाबबाट मेघालयविरुद्ध २८ बलमा शतक हानेका हुन् ।
१ सय ४३ रनको लक्ष्य ९.३ ओभरमा पूरा गर्ने क्रममा उनले २९ बलमा ८ चौका र ११ छक्कासहित कुल १ सय ६ रन बनाएका थिए । उनी भारतबाट संयुक्तरुपमा सर्वाधिक छिटो टि ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने खेलाडी हुन् । यसै प्रतियोगितामा अघिल्लो साता गुजरातका युर्भिल पटेलले त्रिपुराविरुद्ध २८ बलमा शतक हानेका थिए ।
टि ट्वान्टी इतिहासमा हालसम्म सर्वाधिक छिटो २७ बलमा शतक छ । इस्टोनियाका साहिल चौहानले यसै वर्ष साइप्रसविरुद्ध २७ बलमा शतक पूरा गरेका थिए ।
वेष्टइण्डिजका क्रिस गेलले सन् २०१३ को आइपिएलमा बेंगलोरबाट पुणे वारियर्सविरुद्ध ३० बलमा शतक हानेका थिए ।
भारतका ऋषभ पन्तले शैद मुश्ताक ट्रफीमा नै दिल्लीबाट हिमाञ्चल प्रदेशविरुद्ध ३२ बलमा शतक पूरा गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।