8 years ago
February 17, 2017
बुटवल (हाम्रो खेलकुद) – रुपन्देहीका युवा पत्रकार दिपक न्यौपाने उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । दिप माविले आफ्नो ३५ औं बार्षिक उत्सवका अवसरमा न्यौपानेले उक्त पुरस्कारबाट सम्मान गरेको हो ।
रुपन्देहीका प्रमुख जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, विद्यालयका प्राचार्य टिकाराम न्यौपाने र राष्ट्रिय परिक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख सुरेन्द्रराज पराजुली लगायतले उनलाई संयुक्त रुपमा सम्मान गरेका थिए । कदर पत्रसहित न्यौपानेलाई १० हजार रुपैयाँ प्रदान गरेको थियो ।
२०३७ सालमा स्थापना भएको विद्यालयले गत बर्षबाट खेलकुद पत्रकारिता पुरस्कार दिन थालेको हो । गत बर्ष नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देही समन्वयश शाखाका अध्यक्ष सुमन अधिकारीलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । पत्रकार न्यौपाने सबल नेपाल साप्ताहिक,बुद्ध टिभि,हाम्रो खेलकुद डटकममा आबद्ध छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]