default_image

3 months ago

November 28, 2024

गुलामको शतकमा पाकिस्तानले सिरिज जित्यो

794 views

0 Bookmark

एजेन्सी – कमरान गुलामको शतकको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआईमा घरेलु टोली जिम्बाब्वे हराउँदै सिरिज २-१ ले जितेको छ ।

बिहीवार तेस्रो ओडिआई खेल ९९ रनले जित्दै ३ खेलको ओडिआई सिरिज पाकिस्तानले जितेको छ । पहिलो खेल जिम्बाब्वेले जितेकोमा दोस्रो र तेस्रो खेलमा जित हात पार्दै पाकिस्तानले सिरिज जितेको हो । पाकिस्तानले दिएको ३ सय ४ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे ४०.१ ओभरमा २ सय ४ रन जोड्दै अल आउट भयो ।

जिम्बाब्वेका लागि कप्तान क्रेग इर्भानले ६३ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५१ रन जोडे । टाडिवानसि मुरामानी र सेन विलियम्सले समान २४ तथा सिकन्दर राजाले १६ रन जोडे । पाकिस्तानका लागि सइम अयुब, अबरार अहमद, हरिस रउफ र आमिर जमालले समान २ तथा फैसल अक्रमर र कमरान अकमलले समान १ विकेट लिए ।

त्यसअघि क्विन्स स्पोर्टस् क्लब बुलावायोमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३ रन को योगफल तयार गरेको थियो । पाकिस्तानका लागि गुलामले सर्वाधिक १ सय ३ रनको इनिङ खेलेका थिए । उनले ९९ बलमा १० चौका र ४ छक्का प्रहार गरेका थिए ।

ओपनर अब्दुल्लाह शफिकले ६८ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५० तथा अर्का ओपनर सइम अयुबले ३७ बलमा ३१ रन बनाए । कप्तान मोहम्मद रिजवानले ४७ बलमा ३७, सलमान आगाले ३० तथा तैयब ताहिरले नट आउट २९ रन जोडेका थिए । जिम्बाब्वेका लागि सिकन्दर राजा र रिचार्ड नगर्भाले समान २ तथा ब्लेसिङ मुजर्वानी र फराज अक्रमले समान १ विकेट लिए ।

पाकिस्तान र जिम्बाब्वेबीच आइतवारबाट ३ खेलको टि ट्वान्टी आई सिरिज सुरु हुनेछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.