3 months ago
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सूर्य प्लाईसँग प्रायोजन सम्झौता गरेको छ ।
सुदूरपश्चिमले स्ट्रेन्थ पार्टनरको रुपमा सूर्य प्लाईको साथ पाएको हो । मंगलवार सवारागी प्लाईवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि सिइओ खड्काले रोयल्सलाई साथ दिने संस्थालाई समर्थकबाट पनि उत्तिकै साथ मिल्ने विश्वास व्यक्त गर्नुभयो । ‘प्लाईवुड क्षेत्रमा अग्रणी रहेको सूर्य प्लाई नम्बर १ संस्था हो । सुदूरपश्चिम नेपाली क्रिकेट समर्थकमाझ निकै लोकप्रिय रहेको अवस्थामा समर्थकहरुले एनपिएलको सुरुवाती चरणमा लगानी गरिरहेको संस्थाहरुलाई आफ्नो स्थानबाट साथ दिनुहुनेछ भन्ने आशा छ,’ खड्काले भने ।
प्रबन्ध निर्देशक सरावगीले नेपाली खेलकुद विकासका लागि एनपिएलले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै सूर्य प्लाईको साथ रहने विश्वास दिलाए ।
‘खेलकुद विकासमा हामी सधैं सकारात्मक छौं । म आफैं पनि कुनै समय मेचीको प्रतिनिधित्व गर्दै टुडिखेलमा क्रिकेट खेलेको थिएँ । खेलकुदको विकासका लागि निजि क्षेत्रको आवद्धता हुनुपर्ने बुझेर नै हामीले रोयल्ससँग हातेमालो गरेका हौं,’ उनले भने ।
सुदूरपश्चिमको मार्की खेलाडीमा अलराउन्डर दिपेन्द्र सिंह ऐरी रहेका छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् । सुदूरपश्चिमले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन, सेफ अलि जेब, स्कट कुगेलेइन र रोहन मुस्तफालाई टोलीमा समावेश गरेको छ ।
त्यस्तै नेपाली खेलाडी आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । अर्जुन र नरेन भने हाल यू १९ टोलीमा रहेर एसिया कपको तयारीमा छन् ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म लिगको पहिलो संस्करण हुदैछ । मंसिर १८ गते विराटनगर किङ्ससँग खेल्दै सुदूरपश्चिमले लिगको सुरुवात गर्नेछ ।
सुदूरपश्चिम रोयल्सको खेलतालिका
मंसिर १८ गते विराटनगर किङ्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २० गते काठमाडौं गुर्खाजविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २२ गते लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २३ गते चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २६ गते जनकपुर बोल्ट्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर ३० गते पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे
पुस १ गते कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ बजे
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।