3 hours ago
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्व कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
आइतवार प्रतियोगिताको दोस्रो खेलमा नेपाली टोली बंगलादेशसँग ६७ रनले पराजित भएको हो ।
बंगलादेशले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १ सय १२ रन मात्र बनायो । नेपालका लागि भरत थापाले ३१ तथा नरेश चौधरीले १९ रन बनाए । बंगलादेशका लागि अस्मत अलिले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुदै १ सय ७९ रन बनाएको थियो । बंगलादेशका लागि आरिफ हुसेनले ५४ तथा मोहम्मद सलमानले ३४ रन जोडे । नेपालका लागि सुनिल मगर, भरत थापा, अमिस गुरागाइ र दुर्गादत्त पौडेलले समान १ विकेट लिए ।
पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो । तेस्रो खेलमा नेपालले सोमवार अफगानिस्तानको सामना गर्नेछ ।
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओमान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिशान मक्शुदलाई कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ । आइतबार कर्णालीले विदेशी खेलाडीका रुपमा मक्शुदलाई टोलीमा अनुबन्ध गराएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा […]
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – भारतीय क्रिकेटर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । सन् २०२५ को आईपीएलका लागि जारी अक्शनमा ऋषभलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा (४३ करोड २० लाख नेपाली रुपैयाँमा) टोलीमा अनुबन्ध गरेको हो । यसअघि दिल्ली क्यापिटल्समा रहेका रिषभको न्यूनतम मूल्य २ करोड भारु […]
November 24, 2024
एजेन्सी – अस्ट्रेलिया विरुद्ध पहिलो टेस्टको दोस्रो इनिङमा भारतले दुई शतकको सहयोगमा विशाल योगफल तयार गरेको छ । ओपनर यशस्वी जैसवाल र विराट कोहलीको शतक सहयोगमा भारतले विशाल योगफल तयार गरेको हो । दोस्रो इनिङमा भारतले ६ विकेट गुमाएर ४ सय ८७ रन बनाएसँगै पारी समाप्तीको घोषणा गरेको थियो । कुनै विकेट नगुमाई भारतले १ […]