2 hours ago
November 24, 2024
एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ ।
आइतवार बिहान भएको खेलमा बार्सिलोना सेल्टा डि भिगोसँग २-२ को बराबरीमा रोकिएको हो । घरेलु मैदान बालाइडोस स्टेडियममा भएको खेलमा सेल्टाको लागि ह्युगो अल्भारेज र अल्फोन गोन्जालेजले गोल गरे पाहुना टोलीका लागि भने राफिन्हा र रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए ।
खेलको १५औं मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । ६१औं मिनेटमा लेभान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बरको बनाए । खेलको ८२औं मिनेटमा बार्सिलोनाका मिडफिल्डर मार्क कासाडो दोस्रो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित रह्यो ।
त्यसको तीन मिनेटपछि सेल्टाका लागि अल्फोन गोन्जालेजले गोल फर्काए । ह्युगो अल्भारेजले ८६औं मिनेटमा गोल गर्दै सेल्टालाई बराबरीमा पुर्याए ।
बराबरी पछि पनि शीर्ष स्थानमा कायमै रहेको बार्सिलोना १४ खेलमा ३४ अंकमा छ । दुई खेल कम खेलेको रियल मड्रिडसँग बार्सिलोनाको सात अंकको अग्रता रहेको छ । सेल्टा भने समान खेलमा १८ अंकका साथ ११औं स्थानमा छ ।
November 24, 2024
एजेन्सी – टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीमाथि सानदार जित दर्ता गरेको छ । टोटेनहमले सिटीलाई उसकै घरेलु मैदानमा ४–० को लज्जास्पद हार चखाएको हो । इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा टोटेनहमलाई जिताउन जेम्स म्याडिसनले दुई तथा पेड्रो पोरो र ब्रेनन जोन्सनले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा […]
November 23, 2024
एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]
November 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले थ्री बाइ थ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ । ‘बी’ डिभिजन सरस्वती क्लबको प्रतिनिधित्व गर्दै पानमा नेपालका खेलाडीले चीनको क्विन्डहोमा मंसिर ११ देखि १६ गतेसम्म हुने च्याम्पियनसिप खेल्न लागेको हो । विश्व फुटबल महासंघ (फिफा) अन्तर्गत आइएसएफएले सञ्चान गर्ने यस च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता […]