4 months ago
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्।
सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे।
नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भएका थिए। युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन, सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगितामा समग्रमा ५-अन्डर २०५ स्कोर गर्दै सदभावले उपाधि जितेका हुन्।
उनले डेनमार्कका भिक्टोर कोफोड उसलेनलाई २ स्ट्रोकले हराउँदै पहिलो पटक नेपाललाई उपाधि जित्दै इतिहास बनाए। सन २०१२ देखि नेपाल गल्फ संघले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप आयोजना गर्न सुरू गरेको हो। १२ वर्षमा पहिलो पटक नेपालले ग्रान्ड फाइनलमा उपाधि जितेको हो।
‘नेपालको प्रतिनिधित्व गर्नु र उपाधि जित्नु गर्वको विषय हो। सपना पूरा भएको छ। यो सुरूवात मात्र हो र अझै कडा मिहिनेत गरेर यो भन्दा राम्रो नतिजा निकाल्न प्रयास गर्नेछु,’ सदभावले भने ।
उनले करिब एक वर्ष भारतको तरूण सरदेशाई एकेडेमीमा र पछिल्लो समय अमेरिकामा दुई महिना प्रशिक्षण गरेका थिए। उनले यसअघि बङ्गलादेश ओपनमा सुबाशसँग मिलेर टिम स्पर्धामा स्वर्ण पदक जितेका थिए। व्यक्तिगततर्फ सदभावको यो पहिलो अन्तराष्ट्रिय उपाधि हो।
सदभावसँगै जयवीर आचार्य र आईसटिना टण्डनले पनि सहभागिता जनाएका थिए। उनीहरूले भने उपाधि जित्न सकेनन्। गत अप्रिलमा नेपालमा भएको फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपमा आ-आफ्नो क्याटगरीमा पहिलो हुँदै उनीहरू ग्रान्ड फाइनलमा छनोट भएका थिए।
६ पटकका मेजर टाइटल विजेता सर निक फाल्डोले यो प्रतियोगिता आयोजना गरेका हुन्। यो प्रतिष्ठित जुनियर प्रतियोगिता आयोजनाका लागि आर एण्ड ए, डिपी वल्ड टुर र लेडिज युरोपियन टुरले सहयोग गरेको छ। युएईमा युरोप, मिडल इस्ट, र एसियाबाट ७० जुनियर गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।
यो प्रतियोगिताबाट एमेच्योर गल्फ वरियतामा अंक जोडिने छ। साथै २०२५ को एसिया ग्रान्ड फाइनल, जुनियर दुबाई डेसर्ट क्लासिक र अनिका इनभिटेसनल युरोपको छनोट प्रतियोगिता पनि हो।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]