4 months ago
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि जितेका छन्।
नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भए।
युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन बिहीवार १-अन्डर ६९ स्कोर गर्दा समग्रमा ५-अन्डर २०५ स्कोर गर्दै उपाधि जितेका हुन्।
उनले डेनमार्कका भिक्टोर कोफोड उसलेनलाई २ स्ट्रोकले हराउँदै पहिलो पटक नेपाललाई उपाधि दिलाएका हुन्। अन्तिम १८ होलको खेल सुरू गर्दा सदभाव भिक्टोरभन्दा २ स्ट्रोकले पछि थिए। तर भिक्टोरलाई माथ दिन सफल रहे।
४-पारको चौथौ होलमा इगल सट प्रहार गरे। यसपछि छैटौं र नवौं होलमा बोगी खेल्दै फ्रन्ट नाइन इभन-पार ३५ मा सकाए। यसपछि १३औं र१५औं होलमा एक-एक सट बचाए भने १४औं होलको बोगीले ब्याक नाइन १-अन्डर ३४ मा पुरा गरे।
उनले पहिलो दिन इभन-पार ७० र दोस्रो दिन ४-अन्डर ६६ मा खेल सकाएका थिए। डेनमार्कका भिक्टोर २ सय ७ सहित दोस्रो तथा स्वीडेनका विलियम सभान्सट्रोम र बेलायतका बेन बोल्टन संयुक्तरुपमा तेस्रो भए। उनीहरूले २सय ९ अंक जोडे।
यस्तै यु-१६ ब्वाइजमा नेपालका जयवीर आचार्य ११औं भए। यस्तै गल्स यु-१६ मा आइसटिना टण्डन नवौं स्थानमा रहिन्।
६ पटकका मेजर टाइटल विजेता सर निक फाल्डोले यो प्रतियोगिता आयोजना गरेका हुन्। यो प्रतिष्ठित जुनियर प्रतियोगिता आयोजनाका लागि आर एण्ड ए, डिपी वल्ड टुर र लेडिज युरोपियन टुरले सहयोग गरेको छ।
युएईमा युरोप, मिडल इस्ट, र एसियाबाट ७० जुनियर गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। गत अप्रिलमा नेपालमा भएको फाल्चो सिरिज नेपाल च्याम्पियनसिपमा सदभावले यु-२१ र ओभरअलतर्फ तथा जयवीर आचार्यले यु-१६ ब्वाइज र आइसटिना यु-१६ गल्सतर्फ पहिलो हुँदै ग्रान्ड फाइनलको लागि छनोट भएका थिए।
यो प्रतियोगिताबाट एमेच्योर गल्फ वरियतामा अंक जोडिने छ। साथै २०२५ को एसिया ग्रान्ड फाइनल, जुनियर दुबाई डेसर्ट क्लासिक र अनिका इनभिटेसनल युरोपको छनोट प्रतियोगिता पनि हो।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]