4 months ago
November 20, 2024
एजेन्सी – नेसन्स लिगको क्वाटरफाइनलमा पुगिसकेको जर्मनी हंगेरीसँग बराबरीमा रोकिएको छ ।
जर्मनी र हंगेरीले बुधवार बिहान १-१ को बराबरी खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा हंगेरीका लागि डोमिनिक स्जोबोज्लाईले गोल गर्दा जर्मनीका लागि फेलिक्स नमेचाले गोल गरे ।
यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको जर्मनीका लागि ७६औं मिनेटमा नमेचाको गोलसँगै सुरुवाती अग्रता लिएको थियो । इन्ज्युरी समयमा डोमिनिकले हंगेरीका लागि बराबरी गोल गरे ।
लिग ए समूह ३ को अर्को खेलमा नेदरल्यान्ड्स र बोसनिया हर्जगोभिनाले पनि १-१ को बराबरी खेलेका छन्।
जितसँगै जर्मनीले लिग ए समूह ३ मा ६ खेलबाट १४ अंक जोडेको छ । नेदरल्याण्ड्सको ९, हंगेरीको ६ अंक छ। बोसिना हर्जगोभिनाले २ अंक मात्र जोड्न सक्यो।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]