3 months ago
November 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली कर्णाली याक्सले विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्समा छनोट गरेको छ ।
ट्यालेन्ट हन्टबाट छनोट भएका ५ उत्कृष्ट खेलाडी मध्यबाट मंगलवार विपिनलाई आइकोनिक खेलाडीमा छनोट गरेको टोलीले जनाएको छ ।
आइकोनिक खेलाडी बनेसँगै विपिनले एनपिएलको पहिलो संस्करणमा कर्णाली याक्सको प्रतिनिधित्व गर्नेछन् ।
कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट विपिनसँगै मनिष थापा, निश्चल रावल, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको थियो । उनीहरुले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । बाँकी ४ खेलाडीलाई पनि विशेष प्रशिक्षणको व्यवस्था गरिएको टिमले जनाएको छ ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । कर्णाली याक्सले विदेशी खेलाडीमा भारतीय ओपनर शिखर धवन, वेष्ट इन्डिजका चादविक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलत र हङकङका बाबर हायतलाई टोलीमा अनुबन्ध गराएको छ ।
टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएपल मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।