default_image

8 years ago

February 16, 2017

नेपाल कायाक क्लबलाई राष्ट्रिय र्याफ्टिङको उपाधि

109 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – नेपाल र्याफ्टिङ एण्ड कनोइङ संघको आयोजनामा भएको राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप २०१७को उपाधि नेपाल कायाक क्लबले जितेको छ।

img_1673

फिश्लिङ्गमा आयोजित तिन दिने प्रतियोगितामा चार इभेन्टमा प्रतिस्पर्धा भएको थियो। पहिलो दिनमा स्प्रिन्ट इभेन्ट भएको थियो भने दोश्रो दिन हेड टु हेडमा प्रतिष्पर्धा भएको थियो १२ टोलि समावेश प्रतियोगिताको अन्तिम दिन स्लालोम र डाउन रिभर इभेन्ट भएको थिय। विजयी टोलि नेपाल कायाक क्लबले चारै इभेन्टमा प्रथम स्थान हासिल गर्दै उपाधि जितेको थियो।

स्प्रीन्टमा १०० अंक, हेड टु हेडमा २०० अंक, स्लालममा ३०० अंक र डाउनरिभर ४०० अंक जोडेको विजयी टोलीले अधिकतम १००० अंक जोड्न सफल रहेको थियो । विजयी टोलीमा कप्तान हरि आले मगर, रोशन लामा, मान् बहादुर कडेल, प्रकाश गुरुङ, बिनोद गुरुङ, टक बहादुर गुरुङ र बिशाल गुरुङ सदस्य रहेका थिए ।

कुल ८३२ अंक जोड्दै व्हाइटवाटर नेपालले दोश्रो स्थान ओगट्यो भने तेश्रो स्थानमा रहेको प्याडल नेपालले ८१७ अंक जोड्यो। स्लालम बाहेकको तिन इभेन्टमा व्हाइटवाटर दोश्रो रह्यो भने प्याडल नेपालले स्लालममा दोश्रो र अन्य इभेन्टमा तेश्रो स्थान हासिल गरेको थियो। एडभेन्चर एभ्स(चौथो), र्याफ्टिङ स्टार (पाँचौ), एड्रेनालिन रस (छैठौं), नेपाल आर्मी ‘ए’ (सातौँ), त्रिशुली रिभरसाइड (आठौँ), एस्कपेड  नेपाल (नवौं), एच.आर.जी.ए.एन (दशौं), नेपाल आर्मी ‘बि’ (एघारौं) र ए.पी.( बार्हौं) स्थानमा रही प्रतियोगितामा सहभगिता जनाए।

नेपाल र्याफ्टिङ एण्ड कनोइङ संघका अध्यक्ष मन बहादुर न्यौपानेले विजयी टोलि नेपाल कायाक क्लबले आगामी अक्टोबर ३ देखि १० तारिखसम्म जापानमा योजना हुने विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने जानकारी दिए।

समापन कार्यक्रममा अन्तराष्ट्रिय र्याफ्टिङ महासंघका अध्यक्ष जोसेफ विलि जोन्स पनि उपस्थित थिए।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.