2 hours ago
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान हेमन्त धामी र स्पिनर नरेन साउदले उत्कृष्ट बलिङ गर्दा नेपाल यू१९ले कर्नाटकविरुद्ध जारी अभ्यास सिरिजको दोस्रो खेलमा सामान्य लक्ष्य पाएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको कर्नाटक यू१९ले ३८.१ ओभरमा अलआउट हुनुअघि १ सय २१ रनमात्र जोड्यो । एक समय ९९-३ को स्थितिमा रहेको कर्नाटकले त्यसपछि सम्हालिन नसक्दा २२ रनको अन्तरमा ७ विकेट गुमायो ।
ओपनर प्रतिकले ३७ र रिशाभले ४० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन । तेस्रो ओभरमा गगन राव२ रन जोड्दै दयानन्द मण्डलको एलबीडब्लु धरापमा परे । आठौं ओभरमा हेमन्तले शिभलाई ८ रनमा विकेटकिपरबाट क्याच गराए ।
त्यसपछि प्रतिक र रिशभले तेस्रो विकेटका लागि ४८ रनको साझेदारी गरे । नरेनले प्रतिकलाई क्याच आउट गराएपछि कर्नाटकको विकेट पतन सुरु भएको थियो । उनी आउट हुँदा स्कोर ७०-३ रहेको थियो ।
२७ औं ओभरमा ९९-३ को स्थितिबाट नरेनले लगातार विकेट लिँदै कर्नाटकलाई १०८-७ को स्थितिमा पुर्याए । त्यसपछि हेमन्तले अन्तिम ३ विकेट लिँदै १ सय २१ रनमा अलआउट गरे ।
नरेनले आफ्नो १० ओभरको स्पेलमा ३ मेडनसहित २० रन खर्चेर ४ विकेट लिए । हेमन्तले ५.१ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ४ विकेट नै हात पारे । अर्को विकेट सन्तोष यादवको नाममा रह्यो ।
पहिलो खेलमा कर्नाटक १ विकेटले विजयी रहेको थियो । सिरिजको ५ खेल हरेक खेलपछि एक दिन विश्राममा हुनेछ ।
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले काठमाडौं म्यारियट होटेलसँग सम्झौता गरेको छ । रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारियटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले बिहीवार सम्झौतामा हस्ताक्षर गरे । खड्काले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी व्यक्त गरे । ‘नेपालमा पछिल्लो समय पर्यटनको सम्भावनालाई मध्यजर गर्दै […]
November 15, 2024
एजेन्सी – घरेलु टोली वेस्ट इण्डिजविरुद्धको टि ट्वान्टी आईमा सिरिजमा पाहुना टोली इङ्ग्ल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ । इङ्ग्ल्यान्डले शुक्रवार भएको खेल ३ विकेटले जितेको छ । जितसँगै पाहुना टोलीले ५ खेलको टि ट्वान्टी आई सिरिज दुई खेल अगावै जितेको छ । १ सय ४६ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९.२ ओभरमा ७ विकेट गुमाएर […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले इङ्ग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारालाई टोलीमा अनुबन्ध गरेको छ । टोलीका पाँचौं विदेशी खेलाडी रुपमा चितवनले बोपारालाई अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जानकारी गराएको छ । चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांग तथा दोस्रो विदेशी खेलाडीका रुपमा […]