4 months ago
November 15, 2024
एजेन्सी – इटाली र फ्रान्स नेसन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् ।
इटाली र फ्रान्स शुक्रवार भएको अलग अलग खेलको नतिजापछि एक खेलअघि नै समूह लिग ए समूह २ बाट अन्तिम आठमा पुगेका छन्।
इटालीले बेल्जियमलाई १-० ले पराजित गरेको छ। ११ औं मिनेटमा सान्द्रो टोनालीले गरेको गोल नै इटालीका लागि निर्णायक बन्यो । टोनालीको त्यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
फ्रान्स र इजरायलले गोलरहित बराबरी खेले। केलियन एम्बाप्पे विना खेलेको फ्रान्स बराबरीपछि पनि अघिल्लो चरण पुग्न सफल भयो। इटाली र फ्रान्सबीच सोमवार हुने खेलबाट समूह विजेताको निर्णय हुनेछ।
लिग ए समूह २ को शीर्षस्थानमा रहेको इटालीको ५ खेलमा १३ र दोस्रो स्थानको फ्रान्सको १० अंक छ।
समान खेलमा बेल्जियमको ४ र इजरायलको १ अंक छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]