7 months ago
October 7, 2024
दिल तामाङ ,सिड्नी
नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको पाँचौं महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।
प्रतिभा र राजेन्द्रले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरे। प्रतिभाले म्याग्दी काली युनाइटेड र राजेन्द्रल ढोरपाटन क्लबबाट खेले । प्रतिभा र राजेन्द्रले विशेष गरी फाइनलमा उच्च प्रदर्शन गरी टोलीलाई च्याम्पियन बनाए । सर्वाेत्कृष्ट बनेका प्रतिभा र राजेन्द्रले समान १ सय अस्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
घुँडाको पुरानै चोट बल्झिएपछि पुनः शल्यक्रियापछि पूनरागमनको प्रयासमा रहेकी प्रतिभाले दुई साताअघि मुस्ताङमा प्रतिस्पर्धात्मक खेल खेलेकी थिइन् । चोटमुक्त हुने क्रममा रहेका प्रतिभा गत साउनमा काठमाडौंमा भएको काभा नेसन्स लिगको नेपाली टोलीमा थिइनन् ।
नेपालले दुईपटक सेन्ट्रल जोन भलिबल जित्दा र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्दा प्रतिभा टोलीको महत्वपूर्ण सदस्य थिइन् ।
चोटका कारण उनले घरेलु भुमिमा दुई पटक आयोजना भएको काभा नेसन्स लिग गुमाएकी थिइन् । न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी प्रतिभाले चीनमा भएको एसियाली खेलकुद र माल्दिभ्समा व्यवसायिक भलिबल खेलेकी छिन् ।
यस्तै पछिल्लो पुरुष राष्ट्रिय टोलीमा नरहेका त्रिभुवन आर्मी क्लबका राजेन्द्रले घरेलु भलिबलमा भने उच्च प्रदर्शन गरि राष्ट्रिय टोलीमा पुनरागमनकाे प्रयासमा छ ।
यस्तै पुरुषतर्फ मोनाका पारस भण्डारी उत्कृष्ट स्पाइकर, मोनाका शेर रोका ब्लकर, ढोरपाटनका खेम पुर्जा सेटर, ढोरपाटनका विजय आचार्य सर्भर र ढोरपाटनका सरोज घर्तीमगर उत्कृष्ट लिवेरो चुनिए ।
महिलामा पोखराकी इन्दिरा पुन उत्कृष्ट स्पाइकर, म्याग्दी कालीकी मिया पुन सेटर र पोखराकी सन्जु पुर्जा सर्भर चुनिइन् । उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै नेपाल भलिबल संघ अस्ट्रेलियाले म्याग्दी कालीकी प्रतिभा माली र मोना अस्ट्रेलियाका पारस भण्डारीलाई उत्कृष्ट महिला र पुरुष खेलाडीको ट्रफी प्रदान गरेको छ ।
अवर्न बास्केटबल सेन्टर लिडकममा भएको एक दिने प्रतियोगिताको पुरुषतर्फको फाइनलमा आयोजक ढोरपाटनले म्याग्दी प्रवासी नेपाली संघ (मोना अस्ट्रेलिया) लाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
राजेन्द्र सम्मिलित ढोरपाटनले पहिलो सेट १६–२५ ले गुमाएपन त्यसपछि तीनै सेट २५–१८, २५–२३ र २५–१९ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो ।
महिलामा प्रतिभा मालीको उच्च प्रदर्शनमा साविक विजेता पोखरा भलिबल क्लबलाई २६–२४, २५–१७ र ३१–२९ को सेटमा पराजित गर्दै म्याग्दी काली युनाइटेड पहिलोपल्ट च्याम्पियन बन्न सफल भयो ।
पुरुषतर्फको विजेता बनेको ढोरपाटनले २ हजार ७ सय अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको मोनाले १ हजार ७ सय अष्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
महिलातर्फको विजेता म्याग्दी कालीले १ हजार २ सय ५० अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो भएको पोखराले ७ सय अष्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिता दौरान नै ढोरपाटनले नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, विशाल बहादुर बिक, राजेन्द्र विष्ट, दिल बहादुर सुनार, राजु शेरचन, प्रतिभा माली, बास्केटबलकी सदिना श्रेष्ठ र नेपाल भलिबल संघकी सल्लाहकार तथा पुर्व सदस्य ज्योति केसीलाई सम्मानित गरेको छ ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]