default_image

7 months ago

October 3, 2024

काठमाडौंको जितले मधेश र गण्डकी बाहिरिए

3035 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लिग चरणबाटै बाहिरिएका छन् ।

काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् ।

फाइनल पुग्ने सम्भावना कायम राख्न जितको खाँचो रहेपनि नतिजा आफ्नो पक्षमा पार्न नसक्दा मधेश बाहिरिन पुग्यो । मधेशले खेलेको सबै ४ खेलमा हार बेहोर्न पुग्यो । महिला राष्ट्रिय टोलीकी सदस्य निरुता ठगुन्ना मार्की खेलाडी रहेको मधेशले ४ खेलमा सेट जितेपनि अंकको खाता खोल्न सकेको छैन ।

यता, मधेशको हारसँगै गण्डकी पनि लिग चरणबाट बाहिरिन पुग्यो । गण्डकीले अब बाँकी दुवै खेलमा जित हात पारेपनि शीर्ष दुईमा रहने टोलीको अंकलाई भेट्टाउने छैन ।

गण्डकीकाे ३ खेलबाट १ अंक छ । बाँकी दुवै खेल जित्दा गण्डकीको ७ अंक मात्रै पुग्नेछ। यसअघि नै कर्णाली यस्विसको ३ खेलबाट ८ अंक छ । काठमाडौंको ४ खेलबाट ९ अंक पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मधेशले पहिलो सेट जत्दै राम्रो सुरुवात गरेपनि त्यही जितको लयलाई कायम राख्न सकेन । मधेशले त्यसपछिको तीनै सेट काठमाडौंलाई सुम्पियो । मधेशले पहिलो सेट २५–१५ ले सजिलै आफ्नो पक्षमा पारेको थियो । तर, त्यसपछि काठमाडौंले पूनरागमन जित निकाल्यो ।

दोस्रो सेट २५–२३ ले जित्दै खेलमा फर्किएको काठमाडौंले तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता बनायो । तेस्रो सेट २५–१८ ले जित्दै काठमाडौंले लिगमा लगातार तेस्राे जित दर्ता गर्यो । पहिलो खेल गुमाएको काठमाडौंले त्यसपछिको सबै ३ खेल जितेको छ ।

आज नै दोस्रो खेलमा कर्णाली यस्विस र चितवन शक्ति तथा तेस्रो खेलमा ललितपुर क्वीन्स र गण्डकीबीच प्रतिस्पर्धा हुँदैछ । कर्णाली र चितवनलाई फाइनलमा स्थान बनाउन याे खेल निकै महत्वपुर्ण छ ।

नेपाली भलिबल इतिहासमै खेलाडी वर्गिकरणसहित पहिलोपटक भइरहेकेको इडब्लुभिएलमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । लिगपछि शीर्ष दुईमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनल शनिवार हुनेछ ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.