3 hours ago
October 3, 2024
एजेन्सी – नवौं संस्करण महिला टि ट्वान्टी विश्वकप युएईमा आज सुरु हुँदैछ । विश्वकपको पहिलो दिन दुई खेल हुँदैछन् ।
विश्वकपको पहिलो खेल समूह बी मा रहेको बंगलादेश र स्कल्यान्डबीच खेल हुनेछ । शारजहामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे मा खेल्दैछन् ।
बिहीवार नै हुने दोस्रो खेलमा समूह ए का पाकिस्तान र श्रीलंकाबीच खेल हुनेछ । शारजाहमा हुने खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।
कात्तिक ४ गतेसम्म हुने प्रतियोगितामा १० राष्ट्रको सहभागीता छ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ए मा साविक विजेता अस्ट्रेलियासहित भारत, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड रहेका छन् ।
समूह बी मा भने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
बंगलादेशमा हुने भनिएको यो विश्वकप सुरक्षाका कारण युएईमा सारिएको हो ।
September 29, 2024
दिल तामाङ , सिड्नी नेपाल राष्ट्रिय पुरुष टोलीका कप्तान मान बहादुर श्रेष्ठले अर्को साता अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने पाँचौं संस्करणको ढोरपाटन रनिङ कप भलिबल २०२४ खेल्ने भएका छन् । ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतवार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । मान बहादुरले […]
September 29, 2024
दिल तामाङ नेपाली भलिबल इतिहासमै खेलाडी वर्गिकरणसहित पहिलोपटक हुन लागेको फ्रेन्चाइज लिग भलिबल वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको योे फ्रेन्चाइज लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा असोज १९ गतेसम्म चल्नेछ । इडब्लुभिएलमा टोली मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी […]
September 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले एकै ओभरमा २ महत्वपुर्ण विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा सोमपालले आफ्नो पहिलो ओभरमा नै दुई विकेट लिएका हुन् । आफ्नो पहिलो ओभरको तेस्रो बलमा नवनित धालीवाल र अन्तिम बलमा दिलप्रित बाज्वालाई आउट गराए । त्यसअघि अर्का तीव्रगतीका बलर रिजन ढकालले टि […]