2 hours ago
October 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनीले आफ्नो नाम र लोगो घोषणा गरेको छ ।
लुम्बिनीले मंगलवार सामाजिक सन्जालमार्फत नाम र लोगोको सार्वजनिक गरेको हो । टिमको नयाँ नाम लुम्बिनी लायन्स रहनेछ ।
लुम्बिनीका मार्की खेलाडी राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल रहेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल हुनेछ ।
सहभागी टोलीको मार्की खेलाडीको टुंगो लागिसकेको छ । टोलीमा अन्य नेपाली खेलाडी चयनका लागि असोज २० गते अक्सन हुँदैछ । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्ने छन् ।
October 1, 2024
एजेन्सी – बंगलादेशविरुद्धको २ खेलको टेस्ट सिरिजमा भारतले क्लिन स्विप गरेको छ । सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको थियो । पाँचौं तथा अन्तिम दिन मंगलवार दोस्रो टेस्ट ७ विकेटले जित्दै भारतले सिरिजमा क्लिन स्विप गरेको हो । पहिलो टेस्ट भारतले २ सय ८० रनले जितेको थियो । ९५ रनको लक्ष्य पछ्याएको भारतले ३ विकेट […]
October 1, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडा त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा आज नेपालले घरेलु टोलीसँग खैल्दैछ । लगातार दोस्रो जितको लक्ष्यमा रहेको नेपालको खेल किंग सिटीमा मंगलवार राति ९ः४५ बजे हुनेछ । आइतवार भएको सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । पहिलो खेलमा १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय […]
October 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली काठमाडौंले आफ्नो नाम र लोगो घोषणा गरेको छ । काठमाडौंले मंगलवार सामाजिक सन्जालमार्फत नाम र लोगोको सार्वजनिक गरेको हो । टिमको नयाँ नाम काठमाडौं गुर्खाज रहनेछ । काठमाडौंको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी हुन् । नेपाल क्रिकेट संघ (क्यान) […]