10 years ago
September 27, 2015
काठमाडौं, असोज १० गते ।
नेपाल ह्यान्डबल संघको तेश्रो अधिवेशन तथा निर्वाचनले अघिल्ला कार्यसमितिका अध्यक्ष तेजबहादुर गुरुङलाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले गुरुङको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमितिको समेत चयन गर्यो ।
वरिष्ठ उपाध्यक्षमा रामकृष्ण केसी, महासचिवमा सन्देशकुमार रेग्मी तथा तथा कोषाध्यक्षामा मीठाराम अधिकारी निर्वारोध निर्वाचित भए ।
उपाध्यक्षमा ३५ मतसाथ जय शर्मा, ३३ मतसाथ जीवन बस्नेत र ३० मतसाथ भीम केसी निर्वाचित भए । पराजित उपाध्यक्षका उम्मेदवार राकेश राईले २५ र राजुविक्रम थापाले १५ मत प्राप्त गरेका थिए ।
दुई सचिवका लागि तीनको उम्मेदवारी परेकोमा ३५ मत ल्याएका केशव पाठक र ३१ मत हासिल गरेका रत्नज्योति मानन्धर विजयी भए । झीनो अन्तरले पराजित सचिवका अर्का उम्मेदवार दामोदर भट्टराई (बद्री) ले ३० मत प्राप्त गरे ।
सदस्यमा रविन धोभडेल, प्रकाश सुनुवार, नरेन्द्रराज जोशी, पीताम्बर आचार्य, विनोद खुलाल, अभयकुमार बस्नेत, विराटमान वज्राचार्य र ज्ञानेन्द्र गजुरेल निर्वारोध निर्वाचित भए । २ जनाले उम्मेवारी फिर्ता लिएपछि सदस्य पद निर्वारोध भएको नवनिर्वाचित महासचिव रेग्मीले जानकारी गराए ।
पोखरामा भएको साधारणसभामा केन्द्रबाट २०, विभिन्न ३० जिल्लाबाट १ का दरले ३० तथा प्राविधिक समितिबाट २ गरी जम्मा ५२ प्रतिनिधिको उपस्थिति रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रशासकीय अधिकृत एवं निर्वाचन अधिकृत ओम न्यौपानेले जनाएका छन् । यसअघि साधारणसभाको राखेप सदस्य–सचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]