default_image

2 hours ago

September 28, 2024

पहिरोमा पर्दा एन्फा सिस्नेरी एकेडेमीका बालकहरु बेपत्ता

480 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को मकवानपुर जिल्ला सिस्नेरीस्थित एकेडेमीका केही बालक पहिरोमा पर्दा बेपत्ता भएका छन् ।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार शुक्रबार साँझ पहिरोको डर बढेपछि सुरक्षित स्थानमा सर्ने क्रममा केही बालक बेपत्ता भएको जानकारी दिए । लगातार वर्षाले पहिरोको डर बढेपछि सुरक्षित स्थानमा सर्ने क्रममा सो घटना भएको तर सम्पूर्ण जानकारी प्राप्त गर्न कठिनाइ भइरहेको जानकारी दिए । शाहका अनुसार एन्फा प्रतिनिधि सहितको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।

मकवानपुरको प्रहरी प्रमुख उपरिक्षक सिताराम रिजालले घटनाबारे जानकारी आएको र प्रहरी टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिए । उनले घटनास्थल पुग्न बाटो बिग्रेकाले कठिनाइ भइरहेको बताए ।

September 28, 2024

एन्फा सिस्नेरी एकेडेमीमा पहिरो – अपडेट

दिउँसो १:५१ बजे एन्फा महासचिव किरण राई – ‘सिस्नेरी एकेडेमीबाट सुरक्षित स्थानमा रहेका बलकहरूलाई काठमाडौं ल्याउनका लागि हामी प्रयासरत छौं । रक्षा मन्त्रालयसँग पनि कुरा भइसकेको छ । उनीहरूलाई काठमाडौं ल्याउनका लागि हेलिकप्टर नै प्रयोग गर्नेछौं । अहिलेसम्म हेलिकप्टर उड्न सकेको छैन । यसको लागि नेपाली सेनासँग पनि सम्पर्क गरिसकेका छौं ।’ दिउँसो १:३६ बजे […]

September 27, 2024

एन्फा महिला लिग – आर्मीसँग कर्णालीको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे […]

September 27, 2024

रश्मीको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो […]

Success

Thank you for your time.