default_image

2 hours ago

September 27, 2024

पुलिस र स्ट्याग उपाधिका लागि भिड्ने

311 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग- सिजन २ मा फाइनलमा प्रवेश गरेका छन् ।

पुलिस फाइनलमा पुगेको दोश्रो पटक हो । गत संस्करणमा स्ट्याग तेश्रो भएको थियो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रवार भएको सेमिफाइनलको पुरुष सिंगल्समा पुलिसका वंश सिंघलले एपिएफका राजीव चिकबञ्जारलाई ११-७, ११-३ र ११-९ को सोझो सेटमा पराजित गरे ।

महिला सिंगल्समा पुलिसकी लक्षिता नारङले एपिएफकी दिया देउलालाई सिधा सेटमा ११–५, ११–२ र ११–८ ले हराइन् ।

मिक्स डबल्समा पुलिसका संयोग कपाली र लक्षिताको जोडीले एपिएफका राजीव र अनिता महर्जनको जोडीलाई ११–८ र ११–४ ले हरायो।

नकआउटमा जुन टोलीले पहिले ८ अंक हासिल गर्छ त्यही टोली विजयी हुने नियम  छ । त्यस आधारमा पुलिस समग्रमा ८-० ले विजयी भयो । १ सेट जितका लागि १ अंक पाउने प्रावधान छ ।

प्रतिस्पर्धात्मक अर्को सेमिफाइनलमा स्ट्यागले यल टेबल टेनिसलाई समग्रमा ८-६ ले पाखा लगायो । पुरुष सिंगल्समा यलका आदर्श ओम क्षेत्रीले स्ट्यागका हमर साङगालाई ११-९, ११-२ र ११-९ ले पन्छ्याउदै यललाई ३-० को अग्रता दिलाए ।

महिला सिंगल्समा प्रहरीकी त्रिशा गोगोइले यलकी मुनमुन कुन्डुमाथि ३-० को सोझो सेटमा जित दर्ता गर्दै खेललाई ३-३ को बराबरीमा ल्याइन् । त्रिशाले ११-६, ११-९ र ११-४ ले खेल जितिन् ।

मिक्स डबल्समा यलका एलेक्स महर्जन र मुनमुनको जोडी विरुद्धको खेलमा स्ट्यागका गनन्जय र त्रिशाको जोडी तीनै सेटमा समान ११-७ को नतिजामा विजयी भयो ।

मिक्स डबल्सको समाप्तिमा स्ट्याग ६-३ ले अगाडि   रह्यो । अर्को पुरुष सिंगल्समा यलका एलेक्सले स्ट्यागका प्रवेशलाई ११-८, ११-९ र ११-१० ले पराजित गरेसंगै खेल ६-६ को बराबरी अवस्थामा पुगेको थियो ।

निर्णायक तथा अन्तिम स्पर्धाका रुपमा रहेको महिला सिंगल्समा यलकी रविना महर्जन विरुद्ध स्ट्यागकी सुस्मिता खड्काले सुरुका २ सेटको नतिजा ११-८ र ११-१० ले आफ्नो पक्ष पारेपछि पुलिसलाई आवश्यक ८ अंक पुग्यो ।

लिगमा सेट १०-१० को बराबरी भएमा ‘गोल्डेन प्वाइन्ट’ का आधारमा सेटको नतिजा टुंगो लगाउने प्रावधान छ । फाइनल शनिवार हुनेछ ।

September 27, 2024

बहराइसँगको‌ हारपछि नेपालको समूह चरणबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु-२० एसियन कप छनोटमा शुक्रवार नेपाल‌ बहराइनसँग ४-० को फराकिलो अन्तरमा पराजित भएको छ। तेस्रो हारमा नेपालको छनोटको यात्रा समाप्त भएको छ। समुह चरणको अन्तिम खेलमा कमजोर नेपाल विरूद्ध बहराइन खेल अवधिभर नै हाबी रहयो। खेलको २८औं मिनेटमा सामी बासामको फ्रि-किक प्रहार सिधेै गोलमा परिणत भएपछि बहराइनले १-० को अग्रता बनायो। […]

September 25, 2024

बुटवल लुम्बिनी चितवन गोल्डकपको फाइनलमा

सुशील पन्त क्षेत्री, चितवन बुटवल लुम्बिनी एफसी गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा सल्हेस एफसी सिराहालाई २-० ले पराजित गर्दै बुटवल लुम्बिनी उपाधि नजिक पुगेको हो । बुटवलको जितमा आयुष घलानले एक गोल गरे । अर्को एक गोल उसले उपहार पाएको थियो । बुटवलले खेलको ५३ औं […]

September 22, 2024

डिभि ट्राभल्सलाई पार्क भलिबल उपाधि, सन्जुविक्रम सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – डिभि ट्राभल्सले फोर ए साइड पुरुष पार्क भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको फाइनलमा युके लन्डन टिमलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो । उपाधिसँगै डिभि ट्राभल्सले १ लाख १ हजार रुपैयाँ, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो […]

Success

Thank you for your time.