default_image

8 years ago

February 11, 2017

कैलालीमा सर्वाधिक धनराशीको महिला क्रिकेट हुने

95 views

0 Bookmark

कैलाली (हाम्रो खेलकुद)– अत्तरिया युनाइटेड स्पोर्टस क्लबले अर्को बर्ष सुरुआतमा कैलालीको अत्तरियामा सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । वैशाख १४ गतेदेखि महिला राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गरिने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै क्लबले जानकारी दिएको छ । प्रतियोगितामा झन्डै ४ रुपैयाँ पुरस्कार रहेको बताएको छ ।

kailali

महिला क्रिकेटको स्तर वढाउनका लागि देशमै सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक क्लबले जनाएको छ । कति टोलीको सहभागिता रहने क्लबले सार्वजनिक नगरेपछि प्रत्येक टीमले ४ जना विदेशी खेलाडी राख्न पाउने क्लबका अध्यक्ष तथा प्रतियोगिताका संयोजक रवि खनालले जानकारी दिए ।

शसस्त्र प्रहरी वल वैजनाथ वाहिनीको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट व्याट्स ओमन, उत्कृष्ट वलर र उत्कृष्ट किपरलाई समान १० हजार र प्रत्येक खेलका ओमन अफ द म्याचलाई ३ हजार रुपैयाँ दिइने बताइएको छ । झन्डै २५ लाख रुपैया खर्च हुने अनुमान गरिएको क्रिकेट प्रतियोगिताको लागि प्रायोजकहरुको खोजी गर्दै आवश्यक तयारी भईरहेको आयोजक क्लबका उपाध्यक्ष तथा आर्थिक समितीका संयोजक निराजन भाट बताए ।

प्रतियोगिता सञ्चालनका लागि विभिन्न उप समिती गठन गरि काम अघि बढाइएको आयोजक क्लबले जनाएको छ । क्लबका अध्यक्ष खनालको संयोजकमा आयोजक समिति गठन भएको छ । आर्थिक संयोजकमा निराजन भाट, यातायात संयोजकमा पदक भट्टराई, व्यवस्थापन संयोजकमा सरोज भट्ट, मञ्च संयोजकमा प्रकाश खड्का प्रचार प्रसार संयोजकमा मिन जोशी प्रशासनिक कार्य संयोजकमा थानेश्वर भट्ट रहेका छन् ।

तयारी समितिको सचिवमा रमेश कठायत कोषाध्यक्षमा कुवेर खड्का तथा सदस्यमा राज शर्मा, यज्ञराज भट्टराई, विजय महरा नरेश महरा र अन्जु गैरे छन् । प्रतियोगिता आयोजनाको तयारीलाई तिब्र बनाइएको व्यवस्थापन संयोजक एवम क्लबका उपाध्यक्ष सरोज भट्टले बताए । सुदुरपश्चिम क्षेत्र क्रिकेटमय वन्दै गएको अवस्थामा गर्न थालिएको महिला क्रिकेट प्रतियोगितालाई सबैले क्षेत्रबाट सहयोग हुनेमा क्लबका महासचिव थानेश्वर भट्टले विश्वास व्यक्त गरे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.