default_image

5 months ago

September 22, 2024

डिभि ट्राभल्सलाई पार्क भलिबल उपाधि, सन्जुविक्रम सर्वाेत्कृष्ट

1014 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – डिभि ट्राभल्सले फोर ए साइड पुरुष पार्क भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको फाइनलमा युके लन्डन टिमलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो

उपाधिसँगै डिभि ट्राभल्सले १ लाख १ हजार रुपैयाँ, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो भएको युके लन्डनले ८१ हजार, रुपैयाँ, कप, मेडल र प्रमाण पत्र पाएको छ । तेस्रो भएको रंगीन क्लबले ४१ हजार, रुपैयाँ, कप, मेडल र प्रमाण पत्र तथा चौथो भएको मोनाहरले २१ हजार रुपैयाँ प्राप्त गरेको छ ।

डिभिका सन्जु विक्रम शाह सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले ट्रफीसँगै एक थान एक्सट्रिव सुज पाएका छन् । देवेन्द्र परियार सेटर, अशोक श्रेष्ठ स्पाइकर, हिमाल सुनारी ब्लकर र लभकुश उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान २ हजार रुपैयाँ प्राप्त गरे ।

मित्रनगर टाइगर युवा क्लबद्धारा आयोजित प्रतियोगिताको एक टोलीमा राष्ट्रिय टिम तथा विभागीय टिम र एनभिए कप खेलेका दुई खेलाडीमात्रै राख्न पाउने प्रावधान रहेको थियो । ३ देखि असोजसम्म भएको प्रतियोगितामा विभिन्न टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.