default_image

2 hours ago

September 21, 2024

वेस्ट ह्याममाथि चेल्सीको जित

138 views

0 Bookmark

एजेन्सी – चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा शनिवार वेस्ट ह्याममाथि सहज जित हासिल गरेको छ ।

चेल्सीले वेस्ट ह्यामलाई ३-० ले पराजित गरेको हो । वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे ।

खेलको चौथो मिनेटमा सान्चोको पासमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ज्याक्सनले नै १८औं मिनेटमा मोइसिसको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । चेल्सीले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो ।

ज्याक्सनको पासमा पाल्मरले ४७औं मिनेटमा गोल गर्दै चेल्सीलाई ३-० को आरामदायी जित दिलाए । जितसँगै चेल्सीको ५ खेलबाट १० अंक भएको छ । पराजित वेस्टह्याम समान खेलबाट ४ अंक छ ।

September 21, 2024

लिभरपुलको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा लिभरपुल बर्नमाउथमाथि सहज जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । सिजनको चौथो जित निकाल्ने क्रममा लिभरपुलले शनिवार बर्नमाउथलाई ३-० ले हराएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे । लिभरपुलका लागि २६औँ मिनेटमा डियाजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका […]

September 21, 2024

झरना रनिङ शिल्डमा योङ स्टारको जित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी हुदै क्वाटरफाइनलमा पुग्ने योङ स्टार युथ क्लब मडाहा तेस्रो टिम बनेको छ । झरना स्पोर्टस क्लबको आयोजना जारी प्रतियोगितामा शनिवार सम्पूर्ण युथ क्लब सुपौलीलाई ३-० गोल पराजित गर्दै योङ स्टार अन्तिम ८ पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा योङ स्टारको जितमा […]

September 21, 2024

ग्लोरीको गोलमा बुटवल लुम्बिनीको जित

सुशील पन्त क्षेत्री, चितवन जोन ग्लोरीले २ गोल गरेपछि गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २-० ले पराजित गरेको हो । खेलमा पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्दै ग्लोरीले बुटवललाई अग्रता दिलाएका थिए । ग्लोरीले […]

Success

Thank you for your time.