2 hours ago
September 21, 2024
सुमन अधिकारी,बुटवल
रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी हुदै क्वाटरफाइनलमा पुग्ने योङ स्टार युथ क्लब मडाहा तेस्रो टिम बनेको छ ।
झरना स्पोर्टस क्लबको आयोजना जारी प्रतियोगितामा शनिवार सम्पूर्ण युथ क्लब सुपौलीलाई ३-० गोल पराजित गर्दै योङ स्टार अन्तिम ८ पुगेको हो ।
कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा योङ स्टारको जितमा विक्की राईले २ तथा अनुज गैरेले १ गोल गरे ।
खेलको १२ औं मिनेटमा विक्कीले वन भर्सेज वनमा गोल गर्दैै अग्रता दिलाए । एक मिनेटपछि नै अनुजले गोल गरे ।
अन्तिम मिनेटमा विक्कीले अर्को गोल गरे । योङ स्टारका कप्तान कुशल विश्वकर्मा प्लेयर अफ दि म्याच भए। योङ स्टारले असोज ११ गते सेमिफाइनलका लागि गोर्खा ब्वाइज क्लबसंग खेल्ने छ ।
प्रतियोगितामा आइतवार न्यु सृजना युथ क्लब र फर्साटिकर युथ क्लबबीच खेल हुने प्रतियोगिता संयोजक विजय पुनले बताए ।
प्रतियोगिताको विजेताले ३ लाख ३१ हजार र दोस्रो टोलीले १ लाख ८१ हजार रुपैयाँ प्राप्त गर्नेछ।
September 21, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा लिभरपुल बर्नमाउथमाथि सहज जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । सिजनको चौथो जित निकाल्ने क्रममा लिभरपुलले शनिवार बर्नमाउथलाई ३-० ले हराएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे । लिभरपुलका लागि २६औँ मिनेटमा डियाजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका […]
September 21, 2024
एजेन्सी – चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा शनिवार वेस्ट ह्याममाथि सहज जित हासिल गरेको छ । चेल्सीले वेस्ट ह्यामलाई ३-० ले पराजित गरेको हो । वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे । खेलको चौथो मिनेटमा सान्चोको पासमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । […]
September 21, 2024
सुशील पन्त क्षेत्री, चितवन जोन ग्लोरीले २ गोल गरेपछि गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २-० ले पराजित गरेको हो । खेलमा पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्दै ग्लोरीले बुटवललाई अग्रता दिलाएका थिए । ग्लोरीले […]